अझै १५ वर्ष निर्वाचनको अखडामा लड्न तयार छु : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अझै १५ वर्ष निर्वाचनको अखडामा लड्न तयार रहेको बताएका छन् ।

बुधबार गृह मन्त्रालयमा संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै उनले आफूलाई विरोधीहरुले ‘मरिहालोस्’ भनेको बताए ।

विरोधीहरुको सोचप्रति कटाक्ष गर्दै उनले ‘बाँचोस्, मुकाबिला गर्छौैं’ भन्नुपर्नेमा ‘मरोस्’ भनेको टिप्पणी गरे ।

‘एक जमानामा, एक समयमा हरेक मान्छे मर्छ’ भन्दै उनले अर्को निर्वाचन निकै कडा हुने र अहिलेदेखि नै तयारी थाल्न विपक्षीहरुलाई चुनौती दिए ।

‘आउँदो चुनाव पनि सामना गर्न तयार भएर बस्न म त्यस्तो चाहनेहरुलाई भन्न चाहन्छु, मरिगए हुन्थ्यो भन्ने चाहनेलाई’–उनले भने–‘आउँदो चुनाव ‘टफ’ हुनेछ । अस्तित्व रक्षाको लडाइँ अहिलेदेखि सुरु गरे हुन्छ ।’

सोही अवसरमा उनले आफू स्वास्थ्य परीक्षणका लागि बिहीबार (भोलि) सिंगापुर जान लागेको जानकारी दिए ।

उनले उपचारमा केही दिन लाग्ने बताउँदैै संविधान दिवसभन्दा अगाडि नै आइपुग्नेसमेत बताए । संविधान दिवस असोज ३ गते मनाइने गरिन्छ ।इमेजखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार