सोलुखुम्बु। सोलुखुम्बुको सोलु खोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । गर्मी छल्न पौडी खेल्न खोलामा गएका सोलुदुधकुण्ड नगरपालिका ११ का जसबहादुर राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिनुभयो ।
शुक्रबार बिहान करिब ११ बजे थुलुङ दुधकोशी गाउँपालिका वडा नं. १ साँघुटारमा पर्ने नदीको दहमा डुबेर मृत्यु भएको हो ।
करिब ३५ बर्षका राईको शब पोष्टमार्टमको लागि जिल्ला अस्पताल फाप्लुमा ल्याइएको र पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।