सोलुखुम्बुकी प्रतिभा बनिन् “मिस टिन २०१९”

काठमाण्डौ । सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिका ७ की प्रतिभा (रानी) राईले मिस टिन २०१९ कोे उपाधी जितेकी छन् ।

राजाधानीको जमलस्थित नाचघरमा शनिवार सम्पन्न प्रतियोगीताको फिनालीबाट राईले उपाधी जित्दै ताज पहिरिन सफल भएकी हुन् । फाइनल चरणमा रहेका सात जनामध्ये मोष्ट भ्यूज र मिस ट्यालेण्टको उपाधी समेत प्रतिभानै बन्न सफल भएकीे छन् ।

काठमाण्डौको ग्रामर कलेज कोटेश्वरमा विज्ञान संकायमा कक्षा १२ मा अध्ययनरत राईले उपाधी जितेसँगै यस प्रतियोगितामा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद दिएकी छन् ।
राईले सोलुखुम्बुको प्रतिनिधित्व गर्र्दै अडिसन दिएकी थिइन् । आफ्नो रुची मात्र नभई गाउँठाउँको समेत पहिचान जोगाउनको लागि प्रतियोगितामा भाग लिएको बताउने राईले आफ्नो मात्र नभई सोलुखुम्बुकै नाम राख्न सफल भएको प्रतिक्रिया दिएकी छन् ।

राईले उपाधी हात पारेसँगै जिल्लाभरीका आफन्त, शुभचिन्तकहरुले सोलुखुम्बुको पहिचान र नाम देसभरी चिनाउन सफल भएको भन्दै बधाइ दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार