पहिलो पटक भिडियो कन्फरेन्स मार्फत मन्त्रिपरिषद् बैठक

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गापुरबाटै भिडियो कन्फरेन्स मार्फत मन्त्रिपरिषद् बैठक सञ्चालन गर्नु भएको छ ।

संभवत नेपालमा भिडियो कन्फरेन्स मार्फत मन्त्रिपरिषद् बैठक भएको यो पहिलो हो ।

प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि विहीबार सिंगापुर प्रस्थान गर्नु भएको थियो । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीट मार्फत भिडियो कन्फरेसन भएको पुष्टि गर्नु भएको हो ।

प्रधानमन्त्रीले आफ्नो आधिकारी ट्वीट मार्फत बैठकमा सहभागी सबैलाई धन्यवाद व्यक्त गर्नु भएको छ । 
ट्वीटरमा भनिएको छ –प्रविधि र प्राबिधिकलाई धन्यवाद दिन चाहन्छु ।

ट्वीटर सन्देशमा अगाडि भनिएको छ –आज पहिलो चोटी सिंगापुरबाट टेलिप्रिजेन्स मार्फत मन्त्रिपरिषदको बैठक बस्न सकियो । मन्त्रिपरिषदका सबै सहभागी साथीहरूलाई धन्यवाद । प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालयका सबै सहयोगीहरूलाई पनि धन्यवाद । गोरखापत्र अनलाइन 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार