मन्त्री बाँस्कोटाको अभिव्यक्ति विवादमा : बियर खान र गर्लफ्रेन्ड घुमाउन बिदा दिएको होइन

काठमाडौँ/धेरैले भन्ने गर्छन् प्रधानमन्त्री केपी शर्मा ओलीलाई उखान टुक्कामा कसैले जित्न सक्दैन । हुन पनि राजनीतिमा आए यता ओली उखान टुक्काका कारण पनि बेला बेला चर्चामा आए ।

कतिसम्म भने ओलीका उत्कृष्ट उखानहरु भनेर पत्रपत्रिकामा समेत प्रकाशित भए । ‘हात्ती दुब्लाएर बोरामा अट्दैन, मुसो मोटाएर हात्ती हुँदैन’ ‘बयलगाडा चढेर अमेरिका पुग्न सकिँदैन’ जस्ता ओलीका उखानहरुले ज्यादै नै चर्चा पाएका छन् ।

प्रधानमन्त्रीको कुर्सीमा विराजमन भइरहँदा समेत ओलीको उखान टुक्का प्रयोग गर्ने बानी हटेको छैन । तर उखान टुक्कामा आफ्ना नेता प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत जित्ने ढंगले अहिले ओली मन्त्रिमण्डलका एक मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटा अघि बढेका छन् ।

कहिले पत्रकारले सोधेको प्रश्नमा म हाजिरी जवाफमा सहभागी छैन त कहिले को राजा कहाँको राजा लावण्ड देशको राजा? जस्ता अभिव्यक्ति दिने गरेका सञ्चारमन्त्री बास्कोटालाई पछिल्लो समय उखान टुक्काका लागि ओलीका उत्तराधीकारीका रुपमा पनि व्याख्या गरिँदैछ ।

हुन त कुराकानीको क्रममा समय अनुकुल उखान टुक्का को प्रयोग गर्दा आफूले भन्न खोजेको विषयलाइ अझ रोचक ढंगले बुझाउन सकिन्छ । तर कुन उखान कहाँ, कतिबेला र कसरी प्रयोग गर्ने भन्ने जानिएन भने त्यसले संवादलाई रोचक बनाउँदैन ।

आज सञ्चारमन्त्री बास्कोटाको अभिव्यक्ति यस्तै भयो । संविधान दिवस भव्यताका साथ मनाउन तयारी स्वरुप आयोजित कार्यक्रममा बाँस्कोटाले संविधान दिवसका दिन दिइएको बिदाबारे तल्लो स्तरको टिप्पणी गर्नुभयो ।

संविधान दिवस अन्तर्गत गरिने कार्यक्रमहरुमा राष्ट्रसेवक कर्मचारी, सरकारी संघ संस्था, निजी क्षेत्रका संघ संस्था लगायत सबै बर्ग र क्षेत्रको अर्थपूर्ण सहभागीता हुनुपर्नेमा जोड दिँदै मन्त्री बाँस्कोटाले त्यो दिन तास खेल्न, पिकनिक खान, वियर खान तथा गर्लफ्रेण्ड ब्वाईफ्रेण्ड भेट्न बिदा नदिइएको अभिव्यक्ति दिनुभयो ।

निडर र हक्की स्वभावका मानिने मन्त्री बास्कोटाको प्राय हरेक मन्तव्यमा विपक्षीलाई होच्याउने तथा सरकारका गतिविधिको प्रतिरक्षा गर्ने प्रवृत्ति झल्किन्छ ।

मुख्यगरी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजना हुने नियमित पत्रकार सम्मेलनमा समेत बाँस्कोटा जानकारीमुलक भन्दा सरकारको प्रतिरक्षात्मक ढंगले प्रस्तुत हुने गर्दछन् । सायद त्यसैले पनि होला उहाँको स्वभावबारे आम रुपमा पनि चर्चा हुन थालेको छ ।

सरकारको प्रतिरक्षा गर्न मन्त्री बास्कोटाले देखाउने व्यवहारबारे वरिष्ठ अधिवक्त शम्भु थापाले कडा आलोचना गर्नुभएको छ । उहाँ मन्त्री बास्कोटाको रवैया नेपाली जनतालाई दास सोच्ने ढंगको भएको टिप्पणी गर्नुहन्छ ।

संविधान दिवसलाई भव्य रुपमा मनाउन तयारी स्वरुप आयोजना भएको कार्यक्रममा मन्त्री बास्कोटाले उक्त दिनको बिदा वियर खाएर रमाइलो गर्नका लागि नदिइएको बताउनुभएको हो ।

सरकारले एतिहासिक उत्सवका रपमा मनाउने भनेको दिनलाई उल्लासपूर्वक दीपावली गरेर र घरघर तथा हरेक गाडीमा झण्डा फहराएर मनाउन प्रधानमन्त्री ओलीले यसअघि नै आग्रह गरिसक्नुभएको थियो ।

यो विषयमा आम नागरिकलाई सहज र उत्साहीत ढंगले आग्रह गर्नुको साटो सरकारका प्रवक्ताबाट छुद्र अभिव्यक्ति आउनु खेजजनक रहेको भन्दै सामाजिक सञ्जालमा मन्त्री बास्कोटाको आलोचना भइरहेको छ ।radionrn bata

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार