प्रधानमन्त्रीको उपचार बुधबार सकिने

प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार प्रक्रिया यही आउने बुधबारमात्रै सम्पन्न हुने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जनाएअनुसार प्लाजा फेरेसिस प्रक्रियाबाट मृगौला सम्बन्धी एन्टीबडीलाई निवारण गर्नेगरी उपचार जारी रहेको छ । अर्यालले आइतबार ट्वीट गर्दै प्रधानमन्त्रीको उपचार प्रक्रियाबारे जानकारी गराएका हुन् ।

अर्यालले अघि लेखेका छन्, ‘सम्माननीय प्रमको प्लाजा फेरेसिस प्रकृयाबाट मृगौलासम्बन्धी एन्टीबडीलाई निराकरण गर्ने उपचार जारी छ। प्रमसँगै रहनुभएका उहाँका निजी चिकित्सक डा दिलिप शर्माका अनुसार सोमबार छैठौं र बुधबार सातौं चरणको प्रकृया सम्पन्न भएसँगै उपचार पूरा हुनेछ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार