ईमेज च्यानलद्वारा दुई दशक अघिदेखि वार्षिक रुपमा आयोजना गर्दै आएकोे सांगीतिक वृतको राष्ट्रकै सबैभन्दा ठूलो अवार्ड ‘ईमेज अवार्ड’को २१ औँ संस्करण यही असोज ४ गते आयोजना गरिंदै छ ।
विगत बर्षहरुमा झैं यस वर्ष पनि गीत, संगीत, रचना, म्यूजिक भिडियो र पब्लिक च्वाइस अवार्ड गरी ईमेज अवार्डका लागि विभिन्न २२ विधाका उत्कृष्ट पाँच/पाँच मनोनयन सार्वजनिक गरिएको छ । आइतबार पत्रकार सम्मेलन गरी हरेक विधाका उत्कृष्ट पाँच मनोनय सार्वजनिक गरिएको हो ।
यस बर्षदेखि नेपाली चलचित्र क्षेत्रका पाँच विधालाई पनि थप गरिएको छ । यस पटक २०७५ साल असार १ गते देखि २०७६ साल जेठ मसान्तसम्म सार्वजनिक भई दर्ता भएका नेपाली गीत, चलचित्र र म्यूजिक भिडियोलाई मनोनयनमा समावेश गरिएको छ ।
२२ वटै विधाका मनोनयनमा नेपाली सांगीतिक र चलचित्र क्षेत्रका विज्ञहरुबाट मूल्यांकन गरिएको र सोही मध्येबाट उत्कृष्ट चयनका लागि प्राविधिक मत संगीत क्षेत्रका विज्ञहरुबाट नै लिईने छ । चलचित्र विधामा भने चलचित्र क्षेत्रका विज्ञ नै संलग्न रहनेछन् । सधैझै यसपटक पनि पब्लिक च्वाइस अवार्डको एक विधाका लागि एसएमएस र अनलाइन भोटिङ खुल्ला गरिएको छ । यस विधामा जसले सबैभन्दा बढी भोट प्राप्त गर्छ सोही गीतलाई विजेता घोषित गरिने छ ।
यसका साथै यस वर्ष गीत संगीत क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनु भएका वरिष्ठ गायक ओमविक्रम विष्टलाई ईमेज लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गर्न लागिएको छ ।
यस्ता छन् विधागत रुपमा उत्कृष्ट पाँच मनोनयन




