यस्तो छ परिचय महासचिवका उम्मेदवार शेर्पाको

टान निर्वाचन २०१९ मा महासचिव पदका उम्मेदवार कर्मा शेर्पा हिमाली जिल्ला सोलुखुम्बुको दुर्गम ग्रामिण भेग टाक्सिन्दुमा मध्यम परिवारमा जन्मिएर कष्टपूर्ण संघर्षका साथ सफल व्यवसायीको रुपमा परिचित हुनुहुन्छ ।

बहुआयामिक ब्यक्तित्वका धनी, व्यवस्थापन सङ्कायमा स्नातक उत्तिर्ण शेर्पाले नेपालको पदमार्ग पर्यटनको प्रचार प्रसारका लागि फ्रान्स, स्विटजरल्याण्ड, थाइल्याण्ड, अमेरिका, क्यानडा र जर्मनी लगायत दर्जनाँै देसको भ्रमण गरिसक्नु भएको छ ।

पदयात्रा व्यवसायमा अन्तर्राष्ट्रिय अभ्यासलाई समेत लागु गर्ने क्रममा रहनु भएका शेर्पा नोम्याड नेपाल ट्रेक्स एण्ड एक्सिपिडिसनका प्रबन्ध निर्देशक हुनुुहुन्छ । शेर्पा समुदाय र पर्यटन व्यवसायमा मात्र शेर्पाको लोकप्रियता सिमित छैन ।

समाजसेवा, शिक्षा, सञ्चार, स्वास्थ्य र ग्रामिण विकासमा शेर्पाको भूमिका अतुलनीय छ । पूर्वी नेपालकै लोकप्रिय रेडियो हिमाल एफ.एम., नेपालकै पहिलो पर्यटकीय रेडियो खुम्बु एफ.एम.को संस्थापक एवं महसचिव भएर कुशलता पूवर्क नेतृत्व गरिरहनु भएको छ भने हिमाली जिल्ला सोलुखुम्बुको प्रतिष्ठित निजी स्कुल ह्वाईट हिल्स सेकेण्डरी स्कुलको अध्यक्ष समेत रहनु भएको छ ।

उहाँले नेतृत्व प्रदान गरेका यी व्यवसाय निकै सफल रहेका छन् । गरिब र दुःखीहरुको सेवाका लागि गैह्रसरकारी संस्था द स्मल वल्र्ड नामक संस्था सञ्चालन गरेर ग्रामिण मानवीय विकासमा उहाँले उल्लेखनीय योगदान दिइरहनु भएको छ ।

विभिन्न स्थानमा छात्राबासहरु स्थापना गर्नुका अतिरिक्त बार्षिक सयौँको संख्यामा विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्राबृत्ति उपलब्ध गराएर उज्यालो जीवन प्रदान गरिरहनु भएको छ । इमान्दारीता र समर्पणको पर्याय कर्मा शेर्पाको जीवन पूर्ण रुपमा पर्यटन र समाजसेवामा नै समर्पित छ ।

व्यवक्तिगत स्वार्थमा कहिल्यै पनि नअल्झिने शेर्पाका लोककल्याणकारी कर्मले उहाँ सबैको मनमस्तिष्कमा बस्न सफल हुनु भएको छ । स्पष्ट दृष्टिकोण, सरल जीवनशैली, सबैसँग घुलमिल हुन सक्ने, सबैको भावना बुझ्ने र प्रष्ट वक्ता भएका शेर्पाको जीत सुनिश्चित रहेको आम पदयात्रा पर्यटन व्यवसायीको बुझाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार