नेपाली भूमिलाई चीनविरुद्ध प्रयोग गर्न दिइने छैन : अध्यक्ष दाहाल

दाहालले नेपाल एक चीन नीतिप्रति दृढ रहेको र नेपाली भूमिलाई चीनविरुद्ध प्रयोग गर्न नदिइने स्पष्ट पारे ।

नेकपा अध्यक्ष दाहालले नेकपाको एकताबाट सिर्जित परिस्थितिलाई समृद्धिको यात्रामा रुपान्तरित गर्न चाहेको बताए ।

दाहालले लामो समयको द्वन्द्व पछि नेपालमा लगानीको वातावरण बन्दै गएकाले लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गरे ।

अध्यक्ष दाहालले सरकारको नेतृत्व गरेको समयमा बिआरआईमा जोडिने भनेर आफूले नै हस्ताक्षर गर्ने अवसर प्राप्त गरेको स्मरण गराए ।

चीनको विकासबाट नजिक र असल मित्रको हैसियतले गर्व लागेको उनको धारणा थियो ।

कार्यक्रममा चीनले चितवनमा बनाउन लागेको ६०० देखि ८०० हेक्टर क्षेत्रफलमा औद्योगिक पार्क बनाउने योजनाबारे जानकारी दिइयो ।

द्विपक्षीय व्यवस्थापनमा सञ्चालन हुने उक्त पार्कले देशमा रोजगारीको अवसर सिर्जना गर्ने चिनियाँ पक्षको धारणा छ। इमेजखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार