सोलुखुम्बुमा महिलाको शंकास्पद मृत्यू

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–५ शेर्गाखोपमा एक महिलाको शङ्कास्पद मृत्यू भएको अवस्थामा भेटिएको छ । ४७ वर्षिया मुगामाया घतानी आफ्नै घरको भान्छा कोठामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नीरिक्षक उत्तम कार्कीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार शनिबार साँझ मुलघरमा सासुससुरासँगै खाना खाएकी घतानीको घरमा बिहान घरमा अबेरसम्म चहलपहल नभएपछि हेर्न जाँदा मृत अवस्थामा भेटिएको हो । घरको बाहिबाट चाबी लगाएको अवस्थामा रहेको भनिएपनि प्रहरी पुग्दा चाबी फुटाइएको प्रहरीले जनाएको छ । दुवै नारीमा धारिलो हतियारले गहिरो काटेको र त्यसबाट अत्यधिक रगत बगेको निरीक्षक कार्कीले जानकारी दिनुभयो ।

आफन्तले घटनाको बारेमा तत्काल प्रहरीलाई खबर गरेपछि घटनास्थलमा पुगेको प्रहरीले स्थलगत मुचुल्का समेत तयार पारी शबको पोष्टमार्टमका लागि गर्ने जिल्ला अस्पताल फाप्लुमा पठाइएको छ । मृतक महिलाको श्रीमान् अम्बर घतानी वैदेशिक रोजगारीका लागि साउदीमा हुनुहुन्छ भने दुई छोरा र एक छोरी जिल्ला बाहिर रहेका छन् ।

घरमा महिला एक्लै बस्दै आएकी थिइन् । घटना शंकास्पद रहेको भन्दै प्रहरीले थप अनुशन्धान भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार