नेपाल चीन उच्चस्तरीय वार्ता सुरु

नेपाल र चीनबीच परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय प्रतिनिधिमण्डलको वार्ता काठमाडौंमा सोमबार शुरु भएको छ । नेपाल भ्रमणमा रहनु भएका चीनका विदेशमन्त्री वाङ ई सहितको प्रतिनिधि मण्डल नेपालको तीनदिने औपचारिक भ्रमणमा आइतबार काठमाडौ आए पछि आज सो वfर्ता हुन लागेको हो ।

परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय प्रतिनिधिमण्डलको वार्तामा नेपाल र चीनसँग जोडिएका समग्र विषयको एजेन्डा बनाइने छ । पहिले दुई देशबीच के के सम्झौता भए र अब कसरी अघि बढ्ने भन्ने मामिलामा गहन छलफल हुने बताइएको छ ।

साथै वर्तामा नेपाल–चीनका समग्र पक्षमा हुने छलफलमा विगतका सम्झौताका प्रगति तथा त्यसको कार्यान्वयनका विषयमा अनुभव साटासाट हुने जनाइएको छ । गोरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार