तोकिएको भन्दा तीन गुणा बढी मूल्यमा औषधीको बिक्री

तोकिएको भन्दा तीन गुणा बढी मूल्यमा बाग्लुङ बजारमा सञ्चालित केही औषधी पसलहरुले औषधीको बिक्री गर्ने गरेको खुलासा भएको छ ।

नगर अनुगमन समितिको संयोजनमा गरिएको बजारमा अनुगमनका क्रममा तोकिएको मूल्यभन्दा २० देखि ३० प्रतिशतसम्म बढी मुल्यमा औषधी बेच्ने गरेको पाइएको हो ।

औषधी पसलेहरुले भने तोकेको मूल्यमा नै औषधीको बिक्री वितरण गर्दै आएको दाबी गरे पनि तीन गुणा बढी मुल्यमा बिक्री गरेको बिलहरु भेटिएको छ ।

औषधी पसलसँगै सञ्चालन गरिएका निजी क्लिनिकहरु पनि बिना इजाजत सञ्चालन गरेको पाइएको छ ।

उक्त क्लिनिकहरु तत्काल सुधार नगरे आवश्यक कारवाही प्रक्रिया अगाडी बढाउने अनुगमन समितिका संयोजक युक्तप्रसाद सुवेदीले बताउनुभयो ।radionrn bata

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार