पर्यटक भित्र्याउन हल्ला गरेर मात्र हुँदैन, बाटोघाटो र पुर्बाधार बनाउनु पर्छ : कांग्रेस नेता कार्की

नेपाली कांग्रेसका नेता प्रकाश सिंह कार्कीले नेपाल भ्रमण बर्ष सफल बनाउन २० लाख पर्यटक भित्र्याउने सरकारको योजना अहिलेकै अवस्थामा पुरा हुन गाह्रो रहेको बताएका छन ।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य समेत रहेका कार्कीले पत्रकार नबराज चालिसेसग टेलिभिजन कार्यक्रम बिज टकमा बोल्दै पर्यटक भित्र्याउन चाहिने आवश्यक पुर्बाधारको बिकास  नगरि  हल्ला र भाषणका भरमा पर्यटक नआउने बताएका हुन ।

कार्यक्रममा बोल्दै कार्किले सरकारले पुर्बाधारको उचित बिकाशमा ध्यान पुर्याउन नसकेको भन्दै एअरपोर्ट ,बाटोघाटो , सरसफाइ, शान्ति- सुरक्षा र बस्ने ठाउ सबैकुराको उपयुक्त प्रबन्ध गर्न सके मात्रै पर्यटक भित्र्याउन सकिनेमा जोड दिए ।

पर्यटकलाई नेपाल भित्र्याउने राष्ट्रीय ध्वजाबाहक नेपाल बायु सेवा निगमको आफ्नै अवस्था नाजुक रहेको बताउदै कार्कीले ब्यबस्थापनमा सुधार गर्दै पारदर्शी रुपमा काम गरेर निगमलाई ब्यबस्थित र प्रभाबकारी बनाउन सके त्यसले पर्यटन क्षेत्रमा महत्वपूर्ण सहयोग पुग्ने उल्लेख गरे ।२० लाख पर्यटक नेपाल ल्याउने योजना पुरा गर्न जहाज थपेर निगमले थप अन्तर्‍आष्ट्रीय गन्तब्यहरुमा उडान थाल्नुपर्नेमा उनले जोड दिए ।

देशको राजधानी भित्रका पर्यटकिय गन्तब्यमा पुग्ने सडकनै नाजुक रहेको उल्लेख गर्दै नेता कार्किले भने “काठ्माण्डौको हायात होटल र गोकर्ण रिसोर्टमा जाने पर्यटकले बौद्द जोरपाटी सडकमा हिड्दा कस्तो अनुभुती गर्ला ? राजधानी भित्रकै सडकको हालत नाजुक राखेर २० लाख पर्यटक ल्याउने भाषण गर्दैमा पर्यटक आउन कठिन छ ”नेता कार्किले अध्यागमन देखी सडक, होटल, सरसफाइ सबै कुरामा ध्यान दिएर पर्यटक मैत्री बाताबरण बनाउन सके मात्रै देशको पर्यटन क्षेत्रले गती लिनेमा जोड दिए ।

सरकारले घोषणा गरेको भ्रमण बर्ष शुरु हुन कारीब ३ महिना मात्रै बाकी रहेको र पुर्बाधारको अवस्था नाजुक रहेकोले सरकारको घोषणा अनुरुप भ्रमण बर्ष सफल हुनेमा नेता कार्किले आशङ्का ब्यक्त गरे ।newsanchar bata

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार