डिजेल र पेट्रोलको मूल्य घट्यो !

नेपाल आयल निगमले डिजेल/मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ ।

मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको उद्घाटनको अवसरमा डिजेल/मट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई/दुई रुपैयाँ घटाइएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार मंगलबार मध्याह्न १२ बजेदेखि डिजेल/मट्टितेल र पेट्रोलको मूल्य लागू हुने घटाइएको जानकारी दिनुभयो ।

मूल्य घटेसँगै प्रतिलिटर डिजेल/मट्टितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम भएको छ । निगमले आजैदेखि भारतबाट पाइपलाइनमार्फत इन्धन भित्रयाउँदै छ । पाइपलाइनाबाट इन्धन भित्रयाउन थालेपछि वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुने निगमले जनाएको छ ।

सुरक्षाको जिम्मा सेनालाई
नेपाल र भारतबीचको मित्रताको प्रतीकका रूपमा समेत रहेको पाइपलाइनको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । पाइपलाइनको नेपालतर्फको ३७.५ किलोमिटरको सुरक्षाको जिम्मेवारी नेपाली सेनाले पाएको जानकारी सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले दिनुभयो । उक्त पाइपलाइनको सुरक्षाका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले रक्षा मन्त्रालयलाई पठाएको प्रस्ताव स्वीकृत भएसँगै पाइपलाइन सुरक्षाको जिम्मेवारी नेपाली सेनाले पाएको हो ।

अब ढुवानी बचत
मुलुककै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएसँगै वार्षिक करिब ५० करोड रुपियाँ ढुवानी खर्च बचत हुने नेपाल आयल निगमले जनाएको छ । भारतबाट आयात गरिने ७० प्रतिशत इन्धन रक्सौल–अमलेखगन्ज हुँदै नेपाल भित्रिने गर्छ । अहिले निगमले प्रतिलिटर दुई रुपियाँ पचास पैसा ट्याङ्करलाई भाडास्वरूप तिर्दै आएको छ । मोतिहारीदेखि रक्सौलको नेपाल–भारत सीमासम्म ३२.८० किलोमिटर र सीमादेखि अमलेखगन्जस्थित निगमको क्षेत्रीय डिपोसम्मको ३६.२८ किलोमिटरको दूरीमा पाइपलाइन बिछ्याइएको हो ।गोरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार