गुडिरहेको दुईवटा जिप पहिरोले पुर्‍यो, एक जनाको मृत्यु, चार घाईते

पहिरोले दुई वटा सवारी साधन पुरिंदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

आज बिहान बुटवल–पाल्पा सडकखण्डमा सिद्धबाबाको दोभान नजिकै गएको पहिरोमा पुरिएर लु १ ज २६१७ नम्बरको जिप र लु १ ज ५१३८ नम्बरको स्कारपियो पुरिएको हो ।

मृत्यु हुनेमा जिपका चालक कमल परियार छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको छ । प्रहरीका अनुसार जिप बुटवलबाट गुल्मी जाँदै थियो भने स्कारपियो पाल्पाबाट बुटवल आउँदै थियो ।

प्रहरीले घटनास्थलमा उद्धार गरिरहेको छ । पहिरोका कारण बुटवल पाल्पा सडक खण्ड अवरुद्ध भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार