‘सामाजिक सन्जालमा नेता, पार्टीप्रति नकारात्मक टिप्पणी गर्नेलाई कारबाही’

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले सामाजिक सन्जालमा पार्टीका नेता र पार्टीको विषयमा नकारात्मक टिप्पणी गर्ने व्यक्तिलाई कारबाही गरिने बताएका छन् ।

शुक्रबार प्रदेश कमिटीको कार्यालय धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले पार्टीको कुनैपनि विषयमा सामाजिक सन्जालमा नकारात्मक टिप्पणी एवं आरोप लगाए अनुशासनको कारबाही गरिने चेतावनी दिए ।

उनले पार्टी एकीकृत भइसकेको बेला कार्यकर्ताहरुलाई देशको राष्ट्रियता, स्वाधिनता, स्वाभिमान, विकास र समृद्धिका लागि दृढतापूर्वक एकताबद्ध भएर अगाडि बढ्न अनुरोध गरे ।

नेता रावलले पार्टीभित्र रहेका सबै विवादको अन्त्य भएको र सर्वसम्मतरुपमा सुदूरपश्चिम प्रदेशका ९ ओटै जिल्लाका स्थानीय र वडा कमिटी चयन गरिएको जानकारी दिए । नेकपा स्थायी कमिटी सदस्य रावल सुदूरपश्चिम प्रदेश कमिटीका इन्चार्ज हुन् ।

उनले पार्टीमा भूमिका नपाएर निराश भएकाहरुलाई वडा तहसम्मको कमिटी चयन भएपछि ऊर्जा र उत्साह थपेको बताए ।इमेजखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार