सोलु काँग्रेसमा धमाधम समानान्तर समिति गठन हुँदै

सोलुखुम्बु । विगत लामो समयदेखि आन्तरिक विवादमा रहेको सोलुखुम्बु काँग्रेसमा धमाधम समानान्तर समिति गठन हुन थालेको छ ।

अघिल्लो अधिवेसनमा सभापतिको निर्वाचन नै नaगरी जबर्जस्त नेतृत्व लिएको आरोप लागिरहेको विनोदकुमार बस्नेतको नेतृत्वमा रहेको जिल्ला कार्य समितिले प्रदेस समिति बनाएको एक साता पनि बित्न नपाउँदै कार्यबाहक सभापति दाबी गरिरहेका कृष्णप्रसाद निरौलाको नेतृत्वमा रहेको जिल्ला कार्य समितिले अर्को प्रदेस समिति गठन गरेको हो ।

काँग्रेस संस्थापन पक्षका नेताहरुको उपस्थितिमा नव गठित प्रदेस समिति ‘क’ मा सुर्यबहादुर कुलुङ र प्रदेश समिति ‘ख’ मा कर्मा शेर्पा सभापति चयन हुनु भएको छ । केन्द्रको परिपत्र अनुसारनै पुर्व सभाषद पुरुषोत्तम बस्नेत र गोकर्ण राई, पार्टीका पुर्व सभापतिहरु सभापतिहरु आङगेलु शेर्पा र छत्रध्वज बस्नेत, समानुपातिक उम्मेदवार डोल्मा तामाङ, कार्यबाहक पार्टी सभापति कृष्णप्रसाद निरौला र जिल्लाका नेता कार्यकर्ताहरुको उपस्थितिमा समिति गठन गरेको कार्यबाहक सभापति कृष्णप्रसाद निरौलाले जानकारी दिनुभयो ।

त्यस्तै, सभापति विनोद बस्नेत नेतृत्वको समितिले प्रदेश ‘क’ मा धनजन राई र प्रदेश ‘ख’ मा प्रेमबहादुर थापा मगरलाई सभापति बनाएको छ । आङगेलु शेर्पा समुहको यो समितिलाई केन्द्रिय सभापति शेरबहादुर देउवा गुटको साथ रहेको छ भने बलबहादुर केसी समूहलाई रामचन्द्र पौडेल पक्षीय गुटको समर्थन रहेको छ ।

विनोद बस्नेतको समितिले केही समयअघि सोलुखुम्बु काठमाण्डौ सम्पर्क समितिको समानान्तर समिति गठन गरेको थियो । यसअघि नेविसंघमा पनि समानान्तर समिति रहेकोमा त्यसलाई विघटन गरिसकेको छ । बस्नेत केन्द्रिय सदस्य बलबहादुर केसी निकटका सभापति मानिनुहुन्छ भने निरौला पुर्व सभापति आङगेलु शेर्पा निकट मानिन्छ ।

काँग्रेसको तेह्रौँ महाधिवेसनका क्रममा सोलुखुम्बुमा महाधिबेसन प्रतिनिधिहरुको मात्र निर्वाचन भएको र तत्कालीन सभापति शुसिल कोइरालको मृत्यु पश्चात जिल्ला सभापतिको निर्वाचन नगरी बलबहादुर केसीले निर्वाचन अधिकारीलाई एक होटलमा थुनेर जबर्जस्ती विनोदकुमार बस्नेतलाई सभापति बनाएको शेर्पा पक्षको ओरोप छ । सभापतिको निर्वाचनका लागि गाउँबाट जिल्ला आएका प्रतिनिधिहरुले मतदान गर्न नपाएको गुनासो गरेका छन् ।

त्यसपछि केन्द्रिय समितिले नेता केशवकुमार बुढाथोकीको संयोजकत्वमा छानविन समिति बनाएर स्थलगत प्रतिवेदन तयार पारी बुझाएको लामो समय हुँदा पनि त्यसमा कार्वाही नहुँदा सोलुखुम्बुमा कँग्रेसको विवाद झनै चर्किदैँ गएको छ । केन्द्रले समयमा उपयुक्त निर्णय गर्न नसक्दा गएको निर्वाचनमा समेत असर परेको काँग्रेस नेताहरुको भनाइ छ ।

नव गठित समानान्तर प्रदेश प्रदेस समिति ‘क’ का सभापति सुर्यबहादुर कुलुङले अब जिल्ला हुँदै तल्लो तहसम्म संगठनलाई बढाउने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार