गृहमन्त्रीका भाई रिहा अन्य ६ जना पुर्पक्षका लागि थुनामा

काठमाडौं जिल्ला अदालतले गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशलाई १ लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले आपराधिक लाभ एक्स्टर्सन र संगठित अपराधसम्बन्धी कसुरको अभियोग लागेका नरेशलाई थुनछेक बहस सकिएपछि बुधबार एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

उनी बुधबार अपराह्न १ लाख धरौटी राखेर रिहा भएका छन् । आपराधिक लाभ एक्सटर्सन र संगठित अपराधसम्बन्धी कसुरमा पक्राउ परेका अरू ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

उक्त अभियोगमा थापासँगै पवन खड्का, सुरेन नगरकोटी बलामी, शैलेश प्रजापति, विनोद लामा, वीरबल भट्टराई र मनबहादुर पुन मगरलाई पक्राउ गरी अदालतमा मुद्दा दायर गरिएको थियो । आजको कान्तीपुर दैनिकमा जनकराज सापकोटाले खवर छापेका छन्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार