नेकपाले ६ महानगरमा अध्यक्ष र सचिव टुँगो लगायो (नामसहित)

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सम्पन्न भएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ६ वटा महानगरमा अध्यक्ष र सचिव मनोनयन गरेको छ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार बकाठमाडौँमा निर्मल देउलालाई अध्यक्ष र रवीन्द्र श्रेष्ठलाई सचिवमा मनोनयन गरेको छ । त्यस्तै, ललितपुरमा मन्जली शाक्य अध्यक्ष र ज्ञानेन्द्र शाक्य सचिव भएका छन् भने पोखरामा दीपक पौडेल अध्यक्ष र विश्वप्रकाश लामिछाने सचिव बनेका छन्। त्यस्तै, भरतपुरमा रामप्रसाद न्यौपाने अध्यक्ष र ईश्वर सापकोटा सचिव भएका छन्।

वीरगञ्जमा रोहवर अन्सारी अध्यक्ष र विश्वम्बर शर्मा सचिव भएका छन् भने विराटनगरमा सागर थापा अध्यक्ष बनेका छन् भने हेम कार्की सचिव बनेका छन्। अन्सारी प्रचण्डका विश्वासिला युवा नेता हुन् । उनले महानगरको लागि तत्कालिन नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा उम्मेद्धवारी दिएका थिए । तर, पराजित भएका थिए ।

प्रधानमन्त्री सिंगापुरबाट उपचार गरेर फर्किएपछि सचिवालयको बैठक सेप्टेम्बर ११ मा बसेको थियो । उक्त बैठकमा उपनिर्वाचनको लागि दल दर्ताका लागि महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको थियो । त्यसपछि, आज सचिवालय बैठक बसेको हो । रिपोर्टर्स नेपाल डटकम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार