अलपत्र मेलम्चीको नयाँ भाका

काठमाण्डौ । मेलम्ची भन्नासाथ सबैको दिमागमा निराशा छाउँछ होला सायद । नेपालको इतिहासमै सबैभन्दा बढि चर्चामा रहेको खानेपानी आयोजना हो मेलम्ची । मेलम्चीको पानी काठमाण्डौ ल्याएर जनतालाई वितरण गर्ने भनिएको यो योजना अलपत्र जस्तै छ । पटक पटक निर्माण सम्पन्न गर्ने भाका तोकियो । तर सबै भाका तरेर गए । अहिले फेरी १५ महिनाभित्रमा आयोजना निर्माण सम्पन्न गर्ने नयाँ समयावधी सार्वजनिक भएको छ ।

गत वर्ष मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङ निर्माण सकिएप्छि खानेपानी तथा सरसफाईमन्त्री बीना मगरले दशैँसम्ममा मेलम्चीको खानेपानी राजधानीमा वितरण भइसक्ने बताउनु भएको थियो ।

तर कामको जिम्मा लिएको इटालियन ठेकेदार कम्पनी सिएमसी नै काम छाडेर भागेको थियो । कम्पनी भागेपछिको समस्या धेरै समय रहिरह्यो । लामो समयसम्म बाँकी काम सम्पन्न गर्न कसलाई जिम्मा दिने भन्नेमा सरकार अड्कियो । अन्ततः चिनियाँ कम्पनी सिनोहाइड्रोलाई जिम्मा दिइएको छ । खानेपानी विकास समितिका अनुसार नया ठेक्का पाएको चिनियाँ कम्पनी सिनोहाइड्रोले चाडैनै काम सुरु गर्ने बताइएको छ ।

निर्माण व्यवसायीले इमान्दारीपूर्वक काम गरेको अवस्थामा अवको १५ महिना भित्र मेलम्चीको पानि घर घर सम्म पुग्ने खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तको दावी छ ।

आयोजनाले १५ महिनाको भाका दिए पनि सर्वसाधारण भने विश्वस्त हुन सकेका छैनन् । पटक पटक ढाँटेको सरकारले अझै पनि समयमा काम सक्ला भन्ने अपेक्षा गर्न नसकिने नागरिकको तर्क छ ।

वि.सं. २०६५ सालमा सिआरसिसि नामक चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । बि.सं २०६९ मा सीआरसीसी कम्पनीसँग सम्झौता भंग भएको थियो । मेलम्ची खानेपानी विकास समितिले इटालीको सीएमसी कम्पनीसँग वि.सं. २०७० असार ३१ मा दोस्रो निर्माण सम्झौता गरेको थियो ।

मेलम्ची खानेपानी विकास समिति र सिएमसीबीच ७ अर्व ७२ करोड ३४ लाखमा प्रारम्भिक निर्माण सम्झौता भएको थियो । खानेपानी मन्त्रालयका अनुसार हालसम्म ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । तर, बाँकी काम कहिले सकिन्छ र काठमाण्डौ उपत्यकामा खानेपानी वितरण हुन्छ त्यो भने ठेगान छैन ।reportersnepal bata

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार