भालुको आक्रमणबाट बृद्ध गम्भिर घाइते

सन्तोष राउत/ सोलुखुम्बु। सोलुखुम्बुमा भालुको आक्रमणबाट एक बृद्ध गम्भिर घाइते हुनुभएको छ ।सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुको हेवामा मङ्गलबार दिउँसो भालुको आक्रमणबाट पासाङ शेर्पा घाइते भएको वडा सदस्य उत्रमन राईले जानकारी दिनुभयो ।

७६ वर्षिय शेर्पालाई गाई चराउँदै गरेको अवस्थामा सितिलिङ भन्ने ठाउँमा अचानक भालुले आक्रमण गरेपछि बृद्धको अनुहारमा गम्भिर चोट लागेको हो । घाइते शेर्पाको जिल्ला अस्पताल फाप्लुमा उपचार भईरहेको र शेर्पाको अवस्था चिन्ताजनक रहेको सदस्य राईले बताउनुभयो ।

घाइते शेर्पाको टाउको, पेट, खुट्टामा गम्भिर चोट लागेको प्रहरीले जनाएको छ । मकै पाक्ने सिजनमा वर्षेनि भालुको आक्रमणबाट धेरै कृषकहरुको मृत्यू तथा घाइते हुने गरेका छन् ।

यसअघि तामाखानीमा स्थानीयले पासोमा पारेर एउटा भालुलाई समातेर जिल्ला वन कार्यालयलाई बुझाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार