सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लागेपछि सामाजिक सञ्जालमा थरीथरीका टिप्पणी हुन थालेको छ ।
महराले संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीको निवासमै गएर आइतबार यौन दुर्व्यवहार गरेको घटना पीडितपक्षबाट प्रकाशमा आएपछि धेरैले यसबारे प्रहरी प्रशासनबाट गम्भीर छानविन र कारवाही प्रक्रिया अघि बढाउनुपर्ने तर्क गरेका छन् ।
सभामुखका प्रेस सल्लाहकारको दावी
सभामुखको निजी सचिवालयले भने सभामुख महरामाथि लगाइएको आरोपको खण्डन गरेको छ । सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सभामुखज्यूलाई कल्पनै गर्न नसकिने निकै गम्भीर आरोप लगाई आएको समाचारले हामी सबैलाई निकै स्तब्ध बनाएको छ । यी निराधार, कपोलकल्पित र निकै गम्भीर आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले यस्तो भ्रममा नपर्न सबैमा जानकारी गराउँदछु ।’
उनले अगाडि भनेका छन्, ‘समाचारमा उल्लेख गरिएजस्तो सभामुखज्यूले कसैलाई पनि दुर्व्यवहार गरेको कुरा कल्पनासमेत गर्न सकिदैन । आइतबार घटना भएको भनी जसरी सभामुखज्यूको चरित्र हत्या गर्ने दुस्प्रयास भइरहेको छ त्यसमा कुनै पनि सत्यता नभएको म सम्पूर्ण मिडिया र सञ्चारकर्मी साथीहरुमा जानकारी गराउँछु ।’
उनले सभामुख महरा असोज १२ गते आइतबार दिउँसो १२ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा गएको र दिउँसो २ बजेतिर वालुवाटार निवासमा फर्किएको बाहेक उनी त्यसपछि अन्यत्र कहीँ नगएको प्रेस सल्लाहकार मल्लको दावी छ । ‘समाचारमा आएकोजस्तो चश्मा, जुत्ताका कुरा पूरै निराधार भएको र उहाँको चश्मा आफैसँग रहेको र सभामुखज्यूले त्यसप्रकारको जुत्तासमेत प्रयोग नगरेको पनि यहाँ उल्लेख गर्न चाहन्छु,’ उनले भनेका छन् ।
‘संघीय संसद सचिवालयमा स्वास्थ्य शाखाको कुनै दरबन्दी नभएको र संसद सचिवालयमा कार्यरत स्वास्थ्यकर्मीहरु र ती महिला कर्मचारीले समेत समायोजनको प्रसंग चल्दै गर्दा संसद सचिवालयमै स्वास्थ्यको दरबन्दी हुनुपर्छ भनी माग गरिरहेको अवस्था थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर कर्मचारी समायोजनमा सामान्य प्रशासन र स्वास्थ्य मन्त्रालयले नै सबै प्रक्रिया मिलाउने हुँदा मैले त्यसमा काम नगरेको भनी स्वास्थ्य शाखाका कर्मचारीहरु र ती महिला पनि असन्तुष्ट थिए । सोही असन्तुष्टिलाई लिएर सभामुखज्यूको बारेमा पूरै गलत, कपोलकल्पित र अनर्गल समाचार प्रवाह भएकोमा सभामुखज्यू समेत निकै दुखित र आश्चर्यचकित हुनुभएको छ ।’
‘यो प्रकरणबाट जुन किसिमले सभामुखज्यूको राजनीतिक उचाई, व्यक्तित्व र प्रतिष्ठालाई सिध्याउने षड्यन्त्र भएको छ, यो निकै सुनियोजित र योजनाबद्ध रुपमा भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो जहाँबाट भयो/भइरहेको छ, यो कुनै पनि किसिमले क्षम्य हुन सक्दैन । उहाँको राजनीतिक व्यक्तित्व र छविलाई अरु कुनै पनि हतियारबाट गलाउन नसकेपछि एउटा कठपुतली तयार गरी जसरी सामाजिक रुपमा बदनाम गर्न दुस्प्रयास गरिएको छ, यसको जति कडा शब्दमा भर्त्सना गरे पनि कम हुन्छ । सभामुखज्यूलाई लगाइएको निराधार र कपोलकल्पित आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले भ्रममा नपर्न सबैमा पुनः विनम्र

- मंगलबार, १४ असोज, २०७६
यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख महराबारे थरीथरीका टिप्पणी, पीडित महिलाको चेतावनी
- 01, Oct 2019
- मंगलबार, १४ असोज, २०७६

काठमाडौं, असोज १४ । सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लागेपछि सामाजिक सञ्जालमा थरीथरीका टिप्पणी हुन थालेको छ ।
महराले संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीको निवासमै गएर आइतबार यौन दुर्व्यवहार गरेको घटना पीडितपक्षबाट प्रकाशमा आएपछि धेरैले यसबारे प्रहरी प्रशासनबाट गम्भीर छानविन र कारवाही प्रक्रिया अघि बढाउनुपर्ने तर्क गरेका छन् ।
सभामुखका प्रेस सल्लाहकारको दावी
सभामुखको निजी सचिवालयले भने सभामुख महरामाथि लगाइएको आरोपको खण्डन गरेको छ । सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सभामुखज्यूलाई कल्पनै गर्न नसकिने निकै गम्भीर आरोप लगाई आएको समाचारले हामी सबैलाई निकै स्तब्ध बनाएको छ । यी निराधार, कपोलकल्पित र निकै गम्भीर आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले यस्तो भ्रममा नपर्न सबैमा जानकारी गराउँदछु ।’
उनले अगाडि भनेका छन्, ‘समाचारमा उल्लेख गरिएजस्तो सभामुखज्यूले कसैलाई पनि दुर्व्यवहार गरेको कुरा कल्पनासमेत गर्न सकिदैन । आइतबार घटना भएको भनी जसरी सभामुखज्यूको चरित्र हत्या गर्ने दुस्प्रयास भइरहेको छ त्यसमा कुनै पनि सत्यता नभएको म सम्पूर्ण मिडिया र सञ्चारकर्मी साथीहरुमा जानकारी गराउँछु ।’
उनले सभामुख महरा असोज १२ गते आइतबार दिउँसो १२ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा गएको र दिउँसो २ बजेतिर वालुवाटार निवासमा फर्किएको बाहेक उनी त्यसपछि अन्यत्र कहीँ नगएको प्रेस सल्लाहकार मल्लको दावी छ । ‘समाचारमा आएकोजस्तो चश्मा, जुत्ताका कुरा पूरै निराधार भएको र उहाँको चश्मा आफैसँग रहेको र सभामुखज्यूले त्यसप्रकारको जुत्तासमेत प्रयोग नगरेको पनि यहाँ उल्लेख गर्न चाहन्छु,’ उनले भनेका छन् ।
‘संघीय संसद सचिवालयमा स्वास्थ्य शाखाको कुनै दरबन्दी नभएको र संसद सचिवालयमा कार्यरत स्वास्थ्यकर्मीहरु र ती महिला कर्मचारीले समेत समायोजनको प्रसंग चल्दै गर्दा संसद सचिवालयमै स्वास्थ्यको दरबन्दी हुनुपर्छ भनी माग गरिरहेको अवस्था थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर कर्मचारी समायोजनमा सामान्य प्रशासन र स्वास्थ्य मन्त्रालयले नै सबै प्रक्रिया मिलाउने हुँदा मैले त्यसमा काम नगरेको भनी स्वास्थ्य शाखाका कर्मचारीहरु र ती महिला पनि असन्तुष्ट थिए । सोही असन्तुष्टिलाई लिएर सभामुखज्यूको बारेमा पूरै गलत, कपोलकल्पित र अनर्गल समाचार प्रवाह भएकोमा सभामुखज्यू समेत निकै दुखित र आश्चर्यचकित हुनुभएको छ ।’
‘यो प्रकरणबाट जुन किसिमले सभामुखज्यूको राजनीतिक उचाई, व्यक्तित्व र प्रतिष्ठालाई सिध्याउने षड्यन्त्र भएको छ, यो निकै सुनियोजित र योजनाबद्ध रुपमा भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो जहाँबाट भयो/भइरहेको छ, यो कुनै पनि किसिमले क्षम्य हुन सक्दैन । उहाँको राजनीतिक व्यक्तित्व र छविलाई अरु कुनै पनि हतियारबाट गलाउन नसकेपछि एउटा कठपुतली तयार गरी जसरी सामाजिक रुपमा बदनाम गर्न दुस्प्रयास गरिएको छ, यसको जति कडा शब्दमा भर्त्सना गरे पनि कम हुन्छ । सभामुखज्यूलाई लगाइएको निराधार र कपोलकल्पित आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले भ्रममा नपर्न सबैमा पुनः विनम्र अनुरोध गर्दछु ।’

पीडित महिलाले सभामुखका प्रेस सल्लाहकारको विज्ञप्तिलाई चुनौतीसमेत दिएकी छन् । उक्त विज्ञप्तिलाई आधार मानेर बनाइएको एक समाचार फेसबुकमा सेयर गर्दै उनले लेखेकी छन्, ‘आरोप हैन सत्यता हो । डिल्ली मल्लको सभामुख बचाउ विज्ञप्ति झुठा हुन् । भाचिएको चश्मा सुरक्षित छ । आत्तिनु पर्दैन र झुठो खुराफाती नगर्नु । अझ बढी खाल्डो खनिएला, होस गर्नु ।’

ट्वीटरमा तर्क
विश्लेषक मुमाराम खनालले ट्वीट गर्दै भनेका छन्, ‘सभामुख कृष्णबहादुर महराको चिनियाँ व्यापारीसँग कुराकानी भएको ५० करोडको अडियो टेप कुनै छानविन बिना नै फासफुस भयो । तर अहिलेको घटना गम्भीर छ, यथाशीघ्र निष्पक्ष छानबिन होस् । छानबिनको क्रममा महराजीले तुरुन्त राजीनामा गरुन् ।’

मुकुन्द रेग्मीले ट्वीट गर्दै लेखेका छन्, ‘हावा नचली पात पक्कै हल्लिएको छैन, महराले केही नगरी ती महिला आफ्नो इज्जत दाउमा लगाएर मिडियामा आएकी छैनन् । अब बाँकी रह्यो गल्ती कुन स्तरको भन्ने, त्यो छानबिनले बताउला तर ऊबेला भिडियो कै भरमा रविलाई पक्राउ गरेको नेपाल प्रहरी महराको विज्ञप्ति ध्रुवसत्य मानेर बसेको कि प्रमाण नपुग्या ?’

दिपेन्द्र विष्ट ट्वीटरमा लेख्छन्, ‘कमसेकम यस्ता गम्भीर केसमा चुप नबस, पहिला सत्य केहो त्यो बुझ, सत्यको पक्षमा वकालत गर । एक व्यक्ति नरहँदैमा पार्टीलाइ केही फरक पर्दैन तर अपराधीले सजाय पाएन भने न्याय मर्छ, जनतामा कानुन प्रति विश्वास उड्छ । यसको फाइदा अर्को स्वार्थीले लुट्छ, त्यसैले नेकपाका कार्यकर्ता सत्यको पक्षमा बोल ।’

सुशिल न्यौपाने लेख्छन्, ‘बलात्कार गर्ने बलात्कारी हुन्छ । पार्टी र पद विशेषको हुँदैन । बलात्कार काण्डमा मौन बस्नु भनेको बलात्कारीको मतियार हुनु हो । मानव अधिकारका कुरा गर्ने, सामाजिक न्याय र कानुनको शासनका गोष्ठी गर्ने, पदमा बस्ने तर बलात्कारीलाई कारवाहीका बारेमा बोली चपाउने हो भने तपाईको चेतलाइ समवेदना छ ।’

यस्तै हेमन्त मल्ल लेख्छन्, ‘सभामुखबाट बलात्कार भएको सुन्दा अचम्म लागेको छ । प्रहरीले उजुरी लिएन भने मेडिकल जाँच गराई सो को रिपोर्ट र अन्य भौतिक प्रमाणसहित अदालतमा उजुरी गर्न सकिन्छ र सही लागेमा अदालतले अनुसन्धान गर्ने निकायलाई मुद्दा दर्ता गरि कानुनी कारवाही गर्न निर्देशन दिन्छ ।’

बाबुलाल भण्डारी लेख्छन्, ‘समाचार दुबै कोणबाट डरलाग्दो देखियो ! सत्य हो भने त्यत्रो ओहदाको मान्छेको यो घिनौना काम भयावह यसै हो ! असत्य हो भने पनि यो तहको षडयन्त्र चानचुने होइन, भयानक हो ।’

रामेश लेख्छन्, ‘पीडितले प्रहरीलाई घटनास्थलमा बोलाएपछि तिनको काम फोटो खिचेर जाने हो कि बयान लिएर थप छानबिन सुरु गर्ने हो ? उजुरी दिन आएकी छैनन् भन्दैमा कानूनी प्रकृया नै अगाडि नबढ्ने हो ? कसैले कसैको हत्या गरेछ भने मृतक नै उजुरी दिन पुगेपछिमात्र कार्बाही सुरु हुन्छ कि घटनाको सूचनाबाटै ?’

फेसबुकमा पनि उस्तै
फेसबुकमा विश्लेषक राजेश अहिराजले लेखेका छन्, ‘महराले राजीनामा दिएर प्रहरीलाई अनुसन्धान गर्न सहयोग गर्नुपर्छ । दलीय पत्रकारले पनि दल, देश र सत्कर्मीको पक्षमा उभिएको राम्रो । राष्ट्रलाई बद्नाम गर्ने/गराउनेलाई कानुनको दायरामा ल्याउ ।’

शान्ति पौडेल लेख्छिन्, ‘अलिकति नैतिकता छ भने सभामुखज्यू, पदबाट तुरुन्त राजीनामा दिएर छानबिन प्रक्रिया अगाडि बढाउ ।’

यस्तै सीमा आभाष लेख्छिन्, ‘बलात्कार मानसिक समस्या हो । यदि निर्मलाकाण्डमा अपराधी भेटिएको थियो भने आज महराजी पनि डराउँथे कि ! महराजी प्रतिनिधिपात्र हुन् । समाज बिरामी छ बिरामी ।’

इमेजखबरबाट