आगलागी पीडितललाई तरुण दलको सहयोग

सन्तोष राउत/सोलुखुम्बु। नेपाल तरुण दल सोलुखुम्बुले आफ्नो स्थापना दिवसको अवसरमा एक जना आगलागी पीडितलाई नगद सहयोग रकम हस्तान्तरण गरेको छ ।
सल्लेरीमा भएको एक कार्यक्रममा नेपाल तरुण दल सोलुखुम्बुका अध्यक्ष अशोककुमार झाले नेचा सल्यान–१ ख्याम्पुका अग्नीपीडित चन्द्रप्रकाश कोइरालालाई नगद २५ हजार रुपियाँ सहयोग प्रदान गर्नुभएको हो ।

सहयोग रकम नेपाली कांग्रेसका केन्द्रिय सदस्य बलबहादुर केसी, नेकपा जिल्ला अध्यक्ष मानवीर राई, संघीय समाजबादी नेपालका जिल्ला अध्यक्ष नरेन्द्र थापामगर र तरुण दल सोलुखुम्बुका अध्यक्ष अशोक कुमार झाले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको छ ।

रकम प्रदान गर्दै अध्यक्ष झाले दुःखमा परेका जनतालाई सहयोग गर्न पाउँदा सन्तुष्टी मिल्ने र सबैले भाषण भन्दा जनताको नजिकमा रहेर काम गर्नुपर्ने धारणा राख्नुभयो । सुखमा सबैले आफ्नो आफ्नो गरिखाने भएकाले दुःखमा सबै साथ दिनुपर्ने बताउनुभयो ।

सहयोग रकम पाएपछि कोइरालाले खुशी हुँदै सहयोगका लागि धन्यबाद दिनुभयो । विद्युत सर्ट भई सोमबार बिहान दुई बजे भएको आगलागीबाट कोइरालाको ढुङ्गा, माटोले बनेको पसल सहितको तीनतले घर जलेर नष्ट हुँदा करिब ९८ लाख रुपियाँ बराबरको क्षति भएको प्रहरीले मुल्याङ्कन गरेको छ ।

आगलागीबाट घरभित्र रहेको काठपात, लत्ता कपडा, भाडावर्तन लगायतका सामाग्री जल्दा कोइरालाको ४० लाख रुपियाँ र सोही घरमा रमेशकुमार राईले सञ्चालन गर्दै आउनुभएको कपडा पसल समेत जेलेर नष्ट हुदा ५८ लाख रुपियाँ बराबरको क्षति भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार