गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु

बागलङको बडिगाडमा गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।
गुल्मीको तम्घासबाट बागलुङको निसिखोला आउँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप दुर्घटना हुँदा १४ जना घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख सुरज खड्काले जानकारी दिए ।
उनका अनुसार बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा जीप दुर्घटना भएको हो । जीप मध्यपहाडी लोकमार्गबाट बडिगाड खोलामा खसेको छ ।
दुर्घटनामा गुल्मीका ९ महिला, ४ पुरुष र १ बालकको घटनास्थलमै मृत्यु भएको हो । उनीहरुको पहिचान भने अझै हुन सकेको छैन ।
तीन जना गम्भीर घाइतेलाई उद्धार गरी उपचारको लागि बुर्तिवाङ बठाईएको छ । यो समाचार डम्मर बुढा मगरले इमेजखबरका लागि बागलुङबाट पठाउनु भएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार