सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरू भएको छ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक बसेको हो। बैठकमा मंसिर १४ गते भएको उपनिवार्चनको मतपरिणामको समीक्षालगायत समसामयिक राजनीतिक विषयबारे छलफल हुनेछ।
प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि अस्पतालमा रहेकाले बैठकमा सहभागी छैन्। सचिवालय सदस्यहरू झलनाथ खनाल र ईश्वर पोखरेल पनि काठमाडौंबाहिर भएकाले अनुपस्थित छन्।
मंसिर ५ गतेको सचिवालय बैठकले प्रचण्डलाई पार्टी काममा बढी केन्द्रित हुने गरी जिम्मा दिएको थियो। उनले पार्टीको बैठकको आमरूपमा अध्यक्षता गर्ने निर्णय पनि बैठकले गरेको थियो।
उक्त निर्णय भएपछि प्रचण्डले पहिलो पटक सचिवालय बैठक बोलाएका हुन्।setopati bata