दोलखाको कालिन्चोकबाट काठमाडांै फर्कदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ भने १८ जना गम्भीर घाइते भएका छन् ।
तीर्थयात्रका लागि भक्तपुरबाट कालिन्चोक गएका तीर्थयात्रु बोकेको बा ४ ख ४४६८ नंम्बरको सो मिनिबस आज विहान करीब ७ः३० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । सो बस सडक घुम्तिबाट करीब डेढ सय मिटर तल सडकमा सखेको जिल्ला ट्राफिक कार्यालय खाँडीचौरका सइ राजेशप्रसाद दाहालले बताउनुभयो ।
घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । बस सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिका वडा ७ पाँच किलोमा दुर्घटना भएको हाे । बसमा सवार ३२ जना सवार रहेको जानकारी आएको छ