मोडलिङमा जम्दै मोडल खड्का, नयाँ भिडियो सार्वजनिक(भिडियो सहित)

मोडलिङको क्षेत्रमा बिस्तारै जम्दै आईरहेकी मोडल, नायिका फरिता खड्काले अयिनय गरेको म्यूजिक भिडियो युट्यबमार्फत सार्वजनिक भएको छ । विशाल ठकुरीको साथमा आकर्षक अभिनय रहेको गीतमा सुभाष गौतमको शब्द, नरेन्द्र प्यासीको स्वर, संगीत रहेको ‘पल पलमा…. बोलको गीतको भिडियोका निर्देशक बिशाल बिष्ट हुन् ।

सानै उमेरदेखि चलचित्रको नायिका बन्ने सपना देख्दै आईरहेकी फरिता खड्का अभिनयसंगै नृत्यमा पनि आफूलाई अब्बल दर्जामा राख्न प्रयासरत छिन् । उदयपुर, बेलका न.पा. ९ की स्थायी बासिन्दा फरिता खड्का विगत तीन बर्षदेखि अभिनयको क्षेत्रमा सक्रिय छिन् । म्युजिक भिडियोमा मोडलिङ गर्ने क्रममा उनले एउटा चलचित्रमा काम गर्ने अवसर पाएकी थिइन । तर अहिलेसम्म उक्त चलचित्र प्रदर्शनमा आउन नसक्दा मनभित्र नरमाईलो लागेको भएपनि भविष्यमा आफु अभिनित चलचित्रहरु प्रदर्शनमा आउने विश्वास उनले लिएकी छिन् ।

परिवारको साथ सहयोगमा कला क्षेत्रमा अगाडी बढिरहेकी फरिता इन्सायिन बोर्डिङ स्कुल, हाई ओयब बोर्डिङ स्कुल, सेन्टर पब्लिक बोर्डिङ स्कुललगायतका विद्यायालयमा नृत्य प्रशिक्षकको रुपमा कार्यरत छिन् ।

आधा दर्जन म्यूजिक भिडियोमा मोडलिङ गरिसकेकी फरिता राम्रो ब्यानरको चलचित्रमा अफर आएमा आफु अभिनय गर्न तयार रहेको बताउछिन् । चलचित्र तथा मोडलिङ क्षेत्र आफ्नो रुचिको क्षेत्र भएकोले यसै क्षेत्रमा चर्चित भन्दा पनि राम्रो कलाकार बनेर अघि बढ्ने उनको चाहना छ । कक्षा १२ सकेर स्नातककोे तयारीमा रहेकी नवप्रतिभा फरिता अध्ययनसँगै कलाकारितालाई पनि एकसाथ अघि बढाउने सोचमा छिन् । स्कुलमा नृत्यको प्रशिक्षण दिनुका साथै बाहेक फरिता स्टेज कार्यक्रममा पनि त्यतिकै ब्यस्त हुने गर्छिन ।

https://youtu.be/6qDTD3QLZB0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार