खुम्बु काँग्रेसको राजधानीमा बृहद भेला, दर्जनौँ काँग्रेसमा प्रवेश

सोलुखुम्बु । नेपाली काँग्रेस खुम्बु पासाङल्हमू गाउँपालिकाको बृहद भेला राजधानीमा बिहीबार सम्पन्न भएको छ ।

नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कार्यक्रममा प्रमुख आतिथिको आसनबाट बोल्दै अहिलेसम्म दुई तिहाईको नेकपा नेतृत्वको सरकारले कुनै नयाँ योेजना ल्याउन नसकेको आरोप लगाउँदै हावादारी सपना बाँडेको बताउनुभयो । उहाँले तल्लो तहका कृषिमा आधारित जनतालाई माथि उकास्ने कुनै काम नभएको धारणा राख्नुभयो ।

भेलामा काँग्रेसका केन्द्रिय सदस्य बलबहादुर केसीले काँग्रेसमा खड्री लागेको समयमा पनि दुई तिहाईको शक्तिलाई छाडेर काँग्रेसमा आउने सरकार प्रतिको वितृष्णा भएको बताउनुभयो ।
कार्यक्रममा सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पा, ५० भन्दा बढी देसका महावाणिज्य दूतका प्रमुख आङछिरिङ शेर्पा, काँग्रेस नेताहरु प्रकाशसिं कार्की, चुङ्बा शेर्पा, प्रादेशिक र जिल्लास्तरका नेता कार्याकर्ताहरुको उपस्थिती भएको कार्यक्रममा विभिन्न दल परित्याग गरी शेर्पा किदुकका अध्यक्ष ग्याल्जेन शेर्पा सहित दर्जनौँ नेता तथा कार्याकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेकोे नेपाली काँग्रेस खुम्बु पासाङल्हमू गाउँपालिकाका सभापति पेम्बाछिरिङ शेर्पाले जानकारी दिनुभयो ।

भेलामा काँग्रेसको वर्तमान अवस्था तथा भावी रणनीतिका विषयमा वक्ताहरुले प्रकाश पारेको नेपाली काँग्रेसका महाधिवेसन प्रतिनिधि तथा तरुण दल सोलुखुम्बुका अध्यक्ष अशोक झाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार