नेपाली काँग्रेसले थुलुङदूधकोसीमा खुला सभा गर्ने

सोलुखुम्बु । नेपाली काँग्रेसले सोलुखुम्बुको थुलुङदूधकोसी गाउँपालिकामा खुला सभाको आयोजना गर्नेभएको छ ।
नेपाली काँग्रेस थुलुङदूधकोसी गाउँपालिकाले आगामी फागुन ३ गते गर्ने खुला सभालाई सम्बोधन गर्न नेपाली काँग्रेसका महामन्त्रि डा. शशाङ्क कोईराला, केन्द्रिय सदस्य बलबहादुर केसी, धनराज गुरुङ र गगन थापा आउने नेपाली काँग्रेस सोलुखुम्बुका सभापति विनोदकुमार बस्नेतले जानकारी दिनुभयो ।
काग्रेसको संगठन विस्तार एवं सुदृढीकरणका लागि तथा नेकपा नेतृत्वको सरकारले गरेका गलत कामका विरुद्धमा जनातालाई सचेत गराउन सभाको आयोजना गरिएको सभापति बस्नेतको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार