सोलुखुम्बु । नेपाली काँग्रेस थुलुङदूधकोशी गाउँपालिकाका वडा नं. ७ र ८ मा बुधबार संयुक्त भेला गरिएको छ । काग्रेसको संगठन विस्तार एवं सुदृढीकरणका लागि त्यस क्षेत्रका भातृ तथा भगिनी संस्थाको भेला गरिएको तरुण दल सोलुखुम्बुका अध्यक्ष अशोककुमार झाले जानकारी दिनुभयो ।
काँग्रेसको वर्तमान अवस्था तथा भावी कार्यनीतिका विषयमा व्यापक छलफल भएको उक्त भेलामा विभिन्न राजनीतिक दल परित्याग गरी करिब ५० जना भन्दा बढी नेता कार्यकर्ताहरु नेपाली काँगे्रसमा प्रवेश गरेको अध्यक्ष झाले बताउनुभयो ।