माछापुच्छ्रेको बैङकिङ् सेवा सल्यानमा

सन्तोष राउत/ सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको सल्यानमा माछापुच्छ्रे बैङ्कको शाखारहित बैङ्किङ् सेवा शुरु भएको छ । हालसम्म कुनै वित्तिय संस्था नभएको सल्यानमा बैङ्कले दोदीमा सेवा केन्द्र रहने गरी सेवा शुरु गरेको माछापुच्छ्रे बैङ्क सल्लेरी शाखाका प्रबन्धक टेकबहादुर बस्नेतले जानकारी दिनुभयो ।

सजिलो र भरपर्दो माध्यमबाट वित्तीय कारोबारका लागि शाखा रहित बैङ्किङ् सेवाले सहज बनाउने प्रबन्धक बस्नेतले बताउनुभयो । स्थानीयमा बचत गर्ने बानीको विकास गराउँदै ऋण परिचालनको माध्यमबाट लघु उद्यमका लागि सहयोग पुर्‍याउने याउने उहाँको भनाइ छ ।

सेवा शुरु भएपछि सर्वसाधारणलाई बैङ्किङ् कारोबारका लागि टाढा जानुपर्ने बाध्यता कम हुने स्थानीय बताउँछन् । घरआँगनमै बचत तथा ऋण र रेमिट्यान्सका सम्पुर्ण काम हुने सञ्चालक युवराज राईले बताउनुभयो ।

दुई वटा वडा रहेको सल्यानमा सेवा केन्द्र स्थापना भएपछि स्थानीय जनताले कारोबारका लागि अन्यत्र धाउनुपर्ने बाध्यता कम हुने वडाअध्यक्षहरु रमेशकुमार राई र भेषकुमार बाँस्तोलाले बताउनुभयो । एक कार्यक्रमको आयोजना गरी सञ्चालकलाई कारोबारमा प्रयोग गरिने बिएलबि डिभाईस हस्तान्तरण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार