सोलुखुम्बु बहुमुखी क्याम्पसको मेची–काली विश्व अभियानलाई ८० लाख सहयोग

सन्तोष राउत/ सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा सञ्चालित सोलुखुम्बु बहुमुखी क्याम्पसद्वारा सञ्चालित मेची–काली विश्व अभियानका लागि करिब ८० लाख रुपियाँ सहयोग प्राप्त भएको छ । एक वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको कार्यक्रमको एक वर्षको प्रगति विवरण प्रस्तुत गर्दै क्याम्पस प्रमुख उद्धवकुमार शर्माले ८० लाख २२ हजार ४३९ रुपियाँ क्याम्पसको खातामा जम्मा भइसकेको जानकारी दिनुभयो ।

अभियानमा हालसम्म एक हजार ९०३ जनाले सहभागिता जनाएका छन् भने धेरैले प्रबिद्धता जनाएका छन् । सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले अभियानलाई ३० लाख रुपियाँ सहयोग स्तान्तरण गर्दै यस अभियानबाट क्याम्पसले प्राविधिक शिक्षा दिएर शैक्षिक बेरोजगारको न्यूनिकरणका लागि सहयोग गर्ने बताउनुभयो । यो नेपालकै गौरवको अभियान भएकाले सबैलाई सहभागी हुन उहाँले आग्रह गर्नुभयो ।

सोही अवसरमा व्यक्तगित रुपमा उद्योग व्यवसायी तथा काँग्रेस नेता प्रकाशसिंह कार्कीले दस लाख रुपियाँ सहयोग हस्तान्तरण गर्नुभएको छ । कार्कीले अभियानका लागि धेरैलाई सहभागी गराउन सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा सबै भन्दा ठूलो रकम दिने, धेरै जनसहभागिता गराउने र धेरै रकम सङ्कलन गर्ने तीन÷तीन जनालाई सम्मान गरिएको छ ।

धेरै रकम सङ्कलन गर्नेमा क्रमश क्याम्पस प्रमुख उद्धवकुमार शर्मा, बबिता राई र निरञ्जन कट्टेल, धेरै सहभागिता गराउनेमा निरञ्जन कट्टेल, पुष्पबाबु बास्तोला, डिल्लीराम बास्तोला, गएको वर्षमा ठूलो रकम दिन थाक्ची शेर्पा, बबिता राई, पत्रकार लाक्पा शेर्पा र उद्वकुमार शर्मालाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

क्याम्पस सञ्चालक समितिका सदस्य आङगेलु शेर्पाले बदलिँदो परिस्थिति अनुसार शैक्षिक जनशक्ति उत्पादन गर्न नसक्दा बेरोजगारी समस्या बढेको भन्दै अब श्रम बजारको माग अनुसार जनशक्ति उत्पादनमा यो अभियान र क्याम्पसले ुहयोग गर्ने बताउनुभयो ।

सोलुदूधकुण्ड नगरपालिकाकी उपमेयर कल्पना राईले यो महत्वपूर्ण अभियान भएकाले जसरी पनि सफल बनाउनुपर्ने भन्दै यसले गरिब तथ जेहेन्दार विद्यार्थीलाई ठूलो सहयोग पुग्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी रमा आचार्यले पवित्र उद्देश्यले सञ्चालन भएकाले सफल बनाउन सबैलाई आग्रह गर्दै प्रशासनले यस अभियानमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सोलुदूधकुण्ड नगरपालिकाका प्रवक्ता शारदामाया तमाङले शिक्षा जस्तो पवित्र कामका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

क्याम्पसको रजत महोत्सवको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्ष शुरु गर्नुभएको अभियानबाट एक अर्ब रुपियाँको अक्षय कोष स्थापना गर्ने लक्ष्य लिइएको छ । क्याम्पस प्रमुख शर्माले विश्वको शैक्षिक हब बनाउने भन्दै सबैभन्दा बढी जनसहभागितामा सञ्चालित क्याम्पसको हैसियतमा गिनिज बुक अफ वल्र्ड रेकर्डसमा नाम लेखाउने लक्ष्य रहेको बताउनुभयो । उहाँकाअनुसार सहयोग जुटाउने क्रम स्वदेस ता विदेसमा निरन्तर भइरहेको र लाखौँको प्रतिबद्धता आइरहेको छ ।

आगामी पाँच बर्षभित्र पाँच लाख नागरिक, पाँच हजार सरकारी तथा गैरसरकारी संघसंस्था, कार्यालयहरु र कम्तीमा विश्वका २५ राष्ट्रका नागरिकलाई अभियानमा सहभागी गराउने लक्ष्य रहेको उहाँको भनाइ छ । क्याम्पसले ट्राभल्स, टुरिजम् र माउन्टेनियरिङ कोर्समा ७७ जिल्लाबाट गरिब तथा जेहेन्दार छात्र छात्रा, विभिन्न २५ राष्ट्रका २५ जना र अति पिछडिएका समुदायबाट १३ जना गरी पाँच सय जनालाई खान बस्न सहित निःशुल्क उच्च प्राविधिक शिक्षा प्रदान गर्ने भएको छ ।

उच्च प्राविधिक शिक्षाको मूलधारमा आउन नसकेका, जेहेन्दार, जनजाति, दलित, गरिब, महिला र अपाङ्गता भएकाहरुलाई बार्षिक पाँच लाख छात्रबृत्ति वितरण गरी उच्च प्राविधिक शिक्षा प्राप्त गर्ने अवसर दिने क्याम्पसले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार