सोमबार सार्वजनिक विदा

ग्याल्पो ल्होसारका अवसरमा सोमबार सार्वजनिक विदा हुने भएको छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाले नगर क्षेत्र भित्र शर्पा समुदायको राष्ट्रिय साँस्कृतिक पर्व ग्याल्पो ल्होसारको चिवा (मुसा) वर्षका अवसरमा एक दिन स्थानीयस्तरमा सार्वजनिक विदा दिने नगर कार्यपालिकाले निर्णय गरेको नगर प्रवक्ता शारदामाया तामाङले जानकारी दिनुभयो ।

शर्पा जातिको समाजिक, साँस्कृतिक, र धार्मिक उन्नयनमा विशिष्ट योगदान पुगोस् भन्ने कामना सहित विदा दिने निर्णय भएको हो । आगामी दिनमा स्थानीय विदा दिने सम्बन्धी कार्यविधि तयार गरी लागू गर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार