‘अबको समय विकास र समृद्धिको हो’ : मुख्यमन्त्री राई

सन्तोष राउत/ सोलुखुम्बु । प्रदेस नम्बर १ का मुख्यमन्त्री शेरधन राईले अबको समय विकास र समृद्धिको भएको बताउनुभएको छ ।

मदन भण्डारी स्र्पोटस् एकेडेमी प्रदेश नं. १ द्वारा सोलुखुम्बुमा आयोजना भएको प्रदेशस्तरीय तेस्रो मदन स्मृति पुरुष भलिबल प्रतियोगिताको समापन कार्यक्रममा मुख्यमन्त्री राईले जनताको आकांक्षामा केन्द्रित भएर गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई जस्ता कामका लागि ठोस कार्यक्रम अघि बढाइएको स्पष्ट पार्नुभयो ।

मुलुकको राजनैतिक स्थिरतासँगै बलियो स्थिर सरकार भएकाले विकासको गति तिव्र रुपमा अघि बढेको उहाँको भनाइ छ । उहँँले मदन भण्डारीको बहुदलीय जनवादका कारण नै जनता मालिक बनेर विकास र समृद्धिको प्रतिफल पाउन थालेको बताउनुभयो ।

प्रदेस सरकार खेलकुदलाई व्यवसायिक बनाएर अघि बढ्नका लागि प्रयाप्त बजेटको व्यवस्था गरेको भन्दै मुख्यमन्त्रि राईले खेलको माध्यामबाट राष्ट्रलाई चिनाउन सकिने उहाँको विश्वास छ ।

सोलुखुम्बुमा ६ गते शुरु भएको प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगितामा ताप्लेजुङ बाहेक प्रदेश नम्बर १ का १३ जिल्लाको सहभागिता रहेको मदन भण्डारी स्र्पोटस् एकेडेमी सोलुखुम्बुका अध्यक्ष दिपक राजभण्डारीले जानकारी दिनुभयो । नेपाल पर्यटन बर्ष २०२० लाई समेत सहयोग पु¥याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार