सोलुखुम्बु । मदन भण्डारी फाउण्डेशन सोलुखुम्बुको अध्यक्षमा जगन्नाथ बाँस्तोला चयन हुनुभएको छ । सल्लेरीमा भएको प्रथम जिल्ला सम्मेलनले बास्तोलाको अध्यक्षतामा २७ सदस्यीय मदन भण्डारी फाउण्डेशन सोलुखुम्बु गठन गरेको छ ।
मदन भण्डारी फाउण्डेशन १ नम्बर प्रदेश कमिटीका अध्यक्ष गोपाल गुरागाईंलगायतको उपस्थितीमा गठिन फाउण्डेशनको उपाध्यक्षमा हिमाल गिरी, सचिवमा सरस्वती कुलुङ र कोषाध्यक्षमा जुनितामाया मगर रहनुभएको छ ।
सम्मेलनमा मदन भण्डारी फाउण्डेशन १ नम्बर प्रदेश कमिटीका सदस्यहरु, नेकपा सोलुखुम्बुका जिल्ला अध्यक्ष, सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।