काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माप्यदूधकोशी–काठमाण्डौ सम्पर्क आयोजक कमिटीले नव बर्ष २०७७ को पुर्व सन्ध्यामा शुभकामना आदानप्रदान तथा सहभोज कार्यक्रम सम्पन्न गरेको छ ।
शनिवार काठमाण्डौको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा नेकपाका केन्द्रिय सदस्य एवं सोलुखुम्बुका संघीय संसद हेमकुमार राईको प्रमुख अतित्थिमा सम्पन्न भएको सहभोज तथा शुभकामना आदान प्रदान कार्यक्रममा नेकपा केन्द्रिय सदस्य शिवबहादुर बस्नेत, पूर्व सांसद आङदावा शेर्पा, प्रदेस नं. १ सोलुखुम्बु क का सांसद उत्तम बस्नेत, थुलुङदूधकोशी गाउँपालिका अध्यक्ष असिम राई, नेकपा जिल्ला सचिब कज्र्याङ शेर्पा, माप्यदूधकोशी गाउँपालिका नेकपा अध्यक्ष गौरव राई, माप्यदूधकोशी गाउँपालिका उपाध्यक्ष जुनितामाया मगर, माप्यदूधकोशी गाउँपालिकाबाट काठमाण्डौ आई विभिन्न पेसा र ब्यवसाय गर्ने नेकपाका नेता कार्यकर्ताहरुको बाक्लो सहभागिता रहेको थियो ।
माप्य दुधकोशी–काठमाण्डौ सम्पर्क आयोजक कमिटीका अध्यक्ष चन्द्र घिमिरेको अध्यक्षतामा सञ्चालित कार्यक्रममा विभिन्न मनोरन्जनात्मक खेलकुदको पनि आयोजना गरिएको थियो ।