नेकपा सोलुखुम्बुको इन्चार्जमा राई

सोलुखुम्बु । प्रतिनिधिसभा सदस्य हेमकुमार राई ‘सुरवीर’लाई नेपाल कम्युनिष्ट पार्टीले सोलुखुम्बुको इन्चार्जको जिम्मेवारी तोकेको छ ।

नेकपा केन्द्रीय सदस्य समेत रहनुभएका राईलाई फागुन १३ गते जिल्ला इन्चार्जको जिम्मेवारी प्रदान गरिएको हो । पार्टीका महासचिब विष्णुकुमार पौडेलद्धारा हस्ताक्षरित पत्रमा लेखिएको छ, ‘प्रदेश कमिटी इन्चार्ज, सह–इन्चार्ज, जिल्ला अध्यक्ष, सचिब लगायतसंग समन्वय गरेर आफ्नो जिम्मेवारी पुरा गर्नुहुने विश्वास गरिएको छ ।’

यसअघि सोलुखुम्बु जिल्ला इन्चार्जमा शिवबहादुर बस्नेत ‘राजेन्द्र’ लाई तोकिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार