प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफु जन्मदिन मनाउन तेह्रथुम पुग्दा जनता खुसी भएको देखेर पत्रकार दुःखी भएको बताएका छन् ।
पुस्तौंदेखि काकाकुल बनेको पाँचथरको यासुक र रानीगाउँ पुगेर खानेपानी आयोजनाको शिलन्यास गर्दा जनता खुसी भएको उल्लेख गर्दै उनले भने, ‘जनता खुशी भएको देखेर पत्रकार धुरुधुरु रोए ।’
ती गाउँमा ३ हजार ३ सय ४३ घर परिवारलाई खान पुग्ने खानेपानी आयोजनाको शिलान्यास गरिएका कारण त्यहाँका जनता खुशी भएको दावी प्रधानमन्त्री ओलीको थियो ।
‘‘मेरो जन्मदिन पनि परेकाले केक काटियो,’ उनले भने, ‘त्यो केक खाएको पत्रकारले देखिसहेनन् ।’
पत्रकारले त्यो कार्यक्रममा ‘स्थानीय जनताले कति रकमको भात खाए ?’ भन्ने समेत हिसाब गरेको भन्दै उनले आक्रोस पोखे । – नयाँ पत्रिका