काठमाण्डौ । किरण सर्गम राईको स्वरमा रहेको ‘मन्द मन्द मुस्कानले’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । देबेश राईको श्ब्द सङ्गीत रहेको गीतको भिडियो शनिवार एक कार्यक्रम बिच सार्वजनिक गरिएको हो ।
कार्यक्रममा बौल्दै वरिष्ठ गीतकार तथा सङ्गीतकार तथा कार्यक्रमका प्रमुख अतिथि कृष्ण राईले गीतको म्युजिक भिडियो उत्कृष्ट बनेको दाबी गर्दै फरक उद्देश्यहरुको संयोजनले निखारता ल्याएजस्तै यस गीतले पनि ज्यादा महत्व पाउने बताउनुभयो । राम्रो शब्द हुँदा हुँदै पनि सङ्गीत र भिडियोमा राम्रो नहुनाले कैयाँै गीतहरु गुमनाम भएको बताउनुभयो । मन्द मन्द मुस्कानको गीतको भिडियो स्तरीय रहेकाले स्रोताले रुचाउने उहाँको विश्वास छ ।
गीतको म्युजिक भिडियोमा फिचरिङ्ग रमेश मगर र बिनु गुरुङको रहेको छ भने भिडियोमा निर्देशन रोशन तमाङको रहेको छ । छायाङ्कन र सम्पादन सोजित राईको रहेको छ ।
कार्यक्रममा गीतकार सङ्घका केन्द्रिय सदस्य सुबाससंगम राई, नेपाल विद्यार्थी सघ प्रदेश न १ का संयोजक उद्योग राईले शुभकामना मन्तब्य राखानुभएको थियो । कार्यक्रममा गीत सगितसँग आवद्ध बिशिष्ट ब्यक्तिहरुको उपस्तिथी रहेको थियो ।
