नेकपा सोलुखुम्बुको प्रदेस सभा इन्चार्जमा किराती र शेर्पा

सोलुखुम्बु । नेपाल कम्यूनिष्ट पार्टी सोलुखुम्बुको प्रदेस सभा इन्चार्ज तोकिएको छ । सोलुखुबुको प्रदेस क निर्वाचन क्षेत्रमा प्रदेस कमिटी सदस्य महेश किराती र प्रदेस ख निर्वाचन क्षेत्रका लागि आङङिमा लामालाई जिम्मेवारी दिइएको छ ।

सोमबार प्रदेस कमिटीले दुवैजनालाई जिम्मेवारी दिइएको नेकपा सोलुखुम्बुका अध्यक्ष मानवीर राईले जानकारी दिनुभयो ।

प्रदेस सभा क का इन्चार्ज राई यसअघि पूर्व माओवादीबाट सोलुखुम्बुको उपाध्यक्ष लगायतको जिम्मेवारी सम्हालीसक्नुभएको छ भने प्रदेस सभा ख का इन्चार्ज लामा पुर्व नेकपा एमालेबाट जिल्ला अध्यक्ष तथा तत्कालीन जिल्ला विकास समितिका सभापति भइसक्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार