सन्तोष राउत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेष्ठ राजनीतिज्ञ सभा गठन गर्नुभएको छ । पार्टीको नियमावली २०७६ को नियम ५० बमोजिम सभापति देउवाले पार्टीका अगुवा राजनीतिककर्मीहरूलाई पार्टीको जेष्ठ राजनीतिज्ञ सभाको सदस्यका रुपमा मनोनयन गर्नुभएको हो ।
कांग्रेस केन्द्रिय समितिको विज्ञप्तिअनुसार मनोनयनमा सोलुखुम्बुबाट पुराना दुईजना नेतालाई मनोनयन गरिएको छ । जसमा तत्कालीन चौलाखर्क गाविस र हालको लिखुपिके गाउँपालिकका देवीध्वज बस्नेत र साबिक तिङ्ला गाविस तथा हालको सोलुदूधकुण्ड नगरपालिका ११ का केशरवावु थुलुङ्ग राई पर्नुभएको छ ।
सिङ्गो काँग्रेसकै इतिहासका रुपमा चिनिने बस्नेत नेपाली काँग्रेसका धेरै पाका नेतामा पर्नुहुन्छ । उहाँले तत्कालीन राणाकाल देखि ३० वर्षिय पञ्चायती शासनका विरुद्धमा निकै कष्ट खेपेर लोकतन्त्रका लागि समय खर्चनुभएको छ । यस्ता पाका अनुभवी र पार्टीका लागि निस्वार्थ भावनाले काम गर्ने नेतालाई नचिन्दा काँग्रेस कमजोर भएको जानकारहरु बताउँछन् ।
त्यस्तै, थुलुङ चर्चित टिम्बुबोटे काण्डदेखि नेपाली काँग्रेसको राजनीतिमा अनवरत रुपमा क्रियाशिल हुनुहुन्छ । पछिल्लो समयमा पार्टीभित्र गुटबन्दी तथा मनपरी तरिकाले पार्टी चल्न थालेपछि उहाँ जस्ता नेताहरु निश्क्रिय बन्न पुगेको बताइन्छ ।
ढुण्डीराज शास्त्री (अर्घाखाची), सूर्यमान गुरुङ (ताप्लेजुङ), पूर्णानन्द शर्मा (झापा), तेजमान तुम्वाहाम्फे (तेह्रथुम), छविकुमार शर्मा (दाङ्ग), डिल्लीप्रसाद सिटौला (झापा), हरिशङ्कर मिश्र (महोत्तरी), राजेन्द्र खरेल (काभ्रे) र खेमराज पौडेल (कास्की) रहेका छन् ।
वावुराम पुरी (चितवन), सूर्यप्रसाद रेग्मी (स्याङ्जा), देवेन्द्रप्रसाद उपाध्याय (चितवन), भरतप्रसाद उप्रेती (धादिङ्ग), तोपमान गुरुङ्ग (चितवन), रामचन्द्र सिंह (महोत्तरी), कृष्णबहादुर जोशी (पर्वत), चन्द्रप्रसाद न्यौपाने (गोरखा), लाल हमाल (जुम्ला), तारापति सुवेदी (स्याङ्जा), लक्ष्मीप्रसाद ताल्चाभडेल (ताप्लेजुङ्ग) पर्नि मनोनितमा परेका छन् ।
त्यस्तै, तीर्थराज ज्ञवाली ‘चैतु’ (दाङ्ग), सूर्यदत्त जोशी (रुपन्देही), भगवती सिंह (रुपन्देही), केदार ढकाल (झापा–मेचीनगर), अन्तराम भट्ट (कञ्चनपुर), मदन चन्द (कञ्चनपुर), प्रमेश न्यौपाने (झापा), अजितनारायण सिंह थापा (धनकुटा) बाट मनोनितमा परेका छन् ।