संक्रमणका बेला के गर्न हुन्छ, के हुँदैन – अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दिए सुरक्षात्मक उपाय

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण एशियाली राष्ट्र दक्षिण कोरिया, जापान हुँदै मध्यपूर्वको इरानसम्म भयावह रुपमा फैलिएको छ । यूरोपेली राष्ट्र इटालीमा कोरोना भाइरसको संक्रमणले करिब ७९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या दक्षिण कोरिया, इरान र इटालीमा तिब्र रुपमा बढ्दैछ ।
हालसम्म भाइरसको संक्रमणले तीन हजार २८३ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । संक्रमण पुष्टि भएकाको संख्या ९० हजार करिब पुगेको छ । कोरोना संक्रमण विश्वब्यापी रुपमा भयावह रुप लिइरहँदा बच्न के गर्न हुने र के नहुने सम्बन्धमा चिकित्सकीय सुझाबमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले तयार गरेको सुरक्षात्मक उपायहरु

१. सर्वसाधारणसँग पारदर्शी हुने – सरकारी गतिविधि पारदर्शी हुनुपर्छ । पारदर्शिता र सर्वसाधारणमा सूचनाको पहुँचले नागरिक स्तरमा कोरोना सम्बन्धी सूचना पुर्याएर साबधानिका उपाय अपनाउँदै जोखिम न्यूनीकरण गर्न सकिन्छ ।
२.सामाजिक स्तरमा दूरी राख्ने – संक्रमितसँग नजिक भए वा सम्पर्कमा आए भाइरसको संक्रमण सर्ने सम्भावना बढी हुन्छ । त्यसैले संक्रमणबाट बच्न टाढा बस्नु नै उत्तम विकल्प हो । विद्यालय, कलेज, उत्सव मनाउन बन्देज लगाइनुको प्रमुख कारण पनि भाइरसको संक्रमणबाट बच्नु नै हो ।
३. पूर्वतयारी आवश्यक – जनवरी र फेब्रुअरी महिनामा एशियाली विभिन्न राष्ट्रमा कोरोना संक्रमण तिब्र गतिमा बढ्यो । संक्रमितको संख्या तिब्र रुपमा बढ्नु अगावै जोखिममा रहेका एशियाली राष्ट्रले व्यवस्थित क्वारेन्टाइन बनाउने, औषधीजन्य वस्तुको आपूर्ति सहज बनाउने, सरकारी स्तरमा उच्च स्तरीय समिति गठन गरी प्रतिकार्यात्मक कार्य सञ्चालन गरियो ।
४. आशंका हुने बित्तिकै परीक्षण गरौं – कोरोना प्रभावित राष्ट्रले आशंका हुने बित्तिकै परीक्षण गराउन विशेष जोड दिएको छ । भाइरसको आगमनबारे पुष्टि गर्न प्रायजसो देशले व्यवस्थित परीक्षण सञ्चालन गर्दै आएको छ ।
५. स्वस्थ्य आहार लिने बानी बसालौं – साधारण सावधानीका उपाय अपनाउँदा त्यसले ठूलो जोखिम टाढा राख्छ । नियमित हात धुने, खोक्दा वा हाछँयु गर्दा नाक र मुख छोप्ने तथा सतह छुँदा सतर्क हुने जस्ता बानी राख्नु साबधानीका प्रमुख उपायहरु हुन् ।
६. श्रमिकलाई कामको लागि सहज बनाउने – एशियाली राष्ट्रहरुमा कोरोना संक्रमणको जोखिम बढेदेखि घरबाटै काम गर्ने वातावरण सम्बन्धित रोजगारदाताले गरेको छ । आधुनिक प्रविधिको प्रयोग गरिएको छ । जसले संक्रमण फैल्ने जोखिमलाई न्यूनीकरण गर्न महत्वपूर्ण मानिएको छ । र श्रमिकले सहज र सुरक्षित महसुस गरेका छन् ।
७. आतङ्कित भएर खरिद कार्य बन्द गरौं – हङकङमा जोखिम बढ्दा दैनिक उपभोग्य सामग्री आवश्यकताभन्दा बढी सञ्चय गर्नुले ठूलो अभाव सृजना गर्यो । राज्यले संक्रमण रोक्न शक्ति लगाइरहँदा नागरिकले अनावश्यक उपभोग्य सामग्री सञ्चय गर्दा बजार आपूर्ति असन्तुलित भई राज्यको ध्यान प्राथमिक विषयभन्दा विकेन्द्रित हुने हुँदा सकभर त्यस्ता कार्य बन्द गरौं ।
८. घरपालुवासँग त्रसित नहोऔं – घरपालुवा जनावरमा भाइरस संक्रमण फेला परेको प्रमाण फेला परेको छैन् । भाइरस सतह र वस्तुमा जिवित रहन्छ । कुकुर वा बिरालोको छालामा भाइरस हुन सक्छ । ढोकाको चुकुल वा हतकलमा भाइरस टाँसिएको हुनसक्छ । फलाममा टाँसिएको भाइरस कम्तिमा १२ घण्टा जिवित रहने हुँदा छुने बित्तिकै साबुन, पानीले हात धुनुपर्छ ।
९. बिरामीलाई कलंकित गर्ने कार्य गर्नुहुन्न – भाइरस फैलिए झैं त्रास र भेदभाव पनि बढ्छ । बिरामीलाई कलंकित गर्ने कार्यका लागि विज्ञले सचेत गराएका छन् ।
१०. आतङ्कित हुनुहुन्न – उपलब्ध तथ्याङ्क बमोजिम भाइरस संक्रमणपछि मृत्युदर दुई प्रतिशत मापन गरिएको छ । जुन इन्फ्ल्युएन्जाभन्दा बढी हो । तर श्वासप्रश्वासकै अन्य सात रोगहरुभन्दा कोरोना संक्रमतिको मृत्युदर अत्यन्तै कम रहेको छ । सार्सको मृत्युदर ९.६ प्रतिशत, मर्सको ३५ प्रतिशत मृत्युदर रहेको थियो । लक्षणहरु भने रुघाखोकी जस्तै देखिन्छ, स्वतः निको हुने अपेक्षा राखेर संक्रमणलाई झनै फैल्न प्रश्रय दिइने हुन्छ । तसर्थ सामान्य लक्षण देखिएमा उपचार र परीक्षण गराउनु नै उत्तम हुनेछ । (स्राेत विभिन्न समाचार संस्था)- इश्वरचन्द्र झा/गोरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार