हेल्थ असिस्टेन्ट इटहरी अस्पताल
चीनबाट सुरु भएको कोरोना भाइरस रोग(COVID-19) छोटो समयमा विस्वका अधिकांश देशमा फैलिएर बिश्वब्यापी महामारीको रुप लिइसकेको अवस्थामा उच्च जोखिमको देश भनेर चिनिएको नेपालमा एकदमै धेरै त्रास फैलिरहेको छ तर जोखिम न्युनिकरणको लागि तयारी भने एकदमै फितलो देखिन्छ । राज्यले रोकथामको लागि केही कार्यक्रम सुरु गरेपनि सन्तोषजनक अवस्था समेत सिर्जना हुन नसकिरहेको अवस्थामा आम जनमानस त्रसित हुनुको साटो आफै सजग भई आफ्ना स-साना आनीबानीमा परिवर्तन गर्न सके पनि धेरै हदसम्म रोकथाम गर्न सकिनेछ।
कोरोना भाइरस कोरोनाको सङ्क्रमित ब्यक्तिले खोक्दा, हाछ्यु गर्दा, बोल्दा मुखबाट निस्कने स-साना छिट्टाहरु (Dropletes) को माध्यमबाट फैलने गर्दछ । फैलिएको भाइरसहरु अन्य ब्यक्तिले सास लिंदा, भाइरस भएको ठाउँमा छोएर हात राम्ररी सफा नगरी आँखा , नाक तथा मुखमा छुनाले सङ्क्रमण सुरु हुने गर्दछ ।
त्यसैले खोग्दा , हाछ्यु गर्दा तथा सिगान फाल्दा tissue paper को अनिबार्य प्रयोग गर्ने , यदि टिस्यु पेपर उपलब्ध नभए हातको माथिल्लो भाग तथा कुहिनाको प्रयोग गरेर मुख छोप्ने , हात राम्रोसँग सफा नगरीकन आखा , नाक तथा मुखमा नछुने तथा सङ्क्रमित ब्यक्तीसंगको सम्पर्कलाई घटाउने, पटक पटक (frequently )हात राम्रोसँग साबुन पानी वा hand sanitizer ले सफा गर्ने, भिडभाड कम गर्ने तथा नजाने , मिल्दो जुल्दो कुनै लक्षण देखिए सेल्फ आइसोलेसनमा बस्ने तथा समयमै अस्पताल जाने , मासु तथा अन्डा राम्रोसँग पकाएर मात्र खाने , सन्तुलित भोजन (Balance diet ) खाने , वृद्ध तथा रोग प्रतिरोधात्मक शक्ति कम भएका परिवारका सदस्यहरुको खानपान तथा स्याहारसुसारमा विशेष ध्यान पुर्याउने , प्रशस्त पानी पिउने विशेष गरि बिहान तथा बेलुकाको समयमा मनतातो पानी मात्र पिउने, यी उल्लेखित कामहरु हामी आफै गर्न सक्छौ जसले भाइरस फैलने दरलाई धेरै हदसम्म घटाई सङ्क्रमणको जोखिमबाट बच्न सकिन्छ
कोरोना भाइरस रोग सम्बन्धी जिज्ञासा तथा समाधान यसप्रकार रहेका छन् ? १. कोरोना भाइरसको लक्षण तथा चिन्हहरु के के हुन ? लक्षण तथा चिन्हहरु :
– ज्वोरो आउनु, लगातार खोकी लाग्नु, श्वास फेर्न अप्ठेरो हुनु तथा छिटो छिटो श्वास फेर्नु सामान्य लक्षण हुन् भने जटिल हुँदै गएपछि नीमोनिया हुने, सिभियेर एक्युट रेस्पिरेटरी स्यान्ड्रोम, मृगौलाले काम गर्न नसक्ने हुनुको साथै मृत्यु समेत हुन सक्दछ।
२.कोरोना भाइरस एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सर्छ ? – हो यो सङ्क्रमित एक ब्यक्तिबाट विभिन्न माध्यम हुँदै अर्को ब्यक्तिमा सर्दछ ।
३.नोवेल कोरोना भाइरस को लागि भ्याक्सिन बनेको छ? – हालसम्म यसको लागि भ्याक्सिन बनिसकेको छैन ।४.स्वास्थ्यकर्मीहरु कत्तिको जोखिममा छन ?
– कोरोना भाइरस रोग चाँडै फैलने हुनाले स्वाथ्यकर्मीहरु एकदमै धेरै जोखिममा रहेका छन तसर्थ बर्तमान अवस्थामा स्वास्थ्यकर्मीले उच्चतम सतर्कता अपनाउनु पर्ने हुन्छ ।
५. कोरोना भाइरस रोग लागि सकेपछि उपचार हुन्छ हुदैन ?
– कोरोना भाइरस रोगको कुनै specific treatment छैन तर बिरामीको clinical condition तथा sign symptoms अनुसार उपचार गरिन्छ ।
बिरामीलाई गरिने supportive treatment धेरै नै प्रभाबकारी हुन्छ ।
६. कोरोना भाइरसबाट बच्नको लागि face mask लगाउनै पर्छ ?
– स्वस्थ ब्यक्तिले कोरोना भाइरस रोगबाट बच्नको लागि face mask लगाउनै पर्छ भन्ने छैन , बजारमा पाइने surgical mask ले virus लाई छेक्दैन तर यदि कोहि कोरोना भाइरस को सङ्क्रमित छ भने उक्त ब्यक्तिले तथा उ सँग नजिक सम्पर्कमा रहने ब्यक्तिले mask लगाउनु पर्छ । साथै स्वास्थ्यकर्मी उच्चतम जोखिम मा हुने भएकोले mask लगाउनु उपयुक्त हुन्छ ।