जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट प्रवाह हुने सबै सेवा बन्द भएका छन्।
कार्यालयले आइतबार सूचना जारी गर्दै विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को महामारीका कारण अत्यावश्यक सेवा बाहेक सबै प्रकारका सेवा प्रवाह नहुने जनाएको छ।
नेपाल सरकारको निर्णय अनुसार यही चैत २१ गते सम्म सेवा बन्द गर्ने प्रशासनले जनाएको छ।