फ्रान्सबाट आएकी नेपाली विद्यार्थीलाई कोरोना भएको पुष्टि

काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले विदेशमा आएका एक नेपालीमा कोरोना भाइरस संक्रमण भेटिएको बताएका छन् ।

सोमबार आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री ढकालले फ्रान्सबाट आएकी एक १९ बर्षीया नेपाली विद्यार्थीमा कोरोना भाइरसको रिर्पोट पोजेटिभ देखिएको जानकारी गराएका हुन ।

उनलाई हाल आइसोलेसनमा राखेर उपचार भइरहेको जानकारी गराइएको छ । साथै उनीसँग भेटेका व्यक्तिहरुलाई पनि क्वारेन्टाइनमा राखिएको जानकारी गराइएको छ ।

उनलाई हाल टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको जानकारी गराइयो । उनी यही चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी थिइन् । 

ती विद्यार्थी कुन विमानमार्फत कहिले नेपाल आएकी हुन भन्ने स्पष्ट पारिएको छैन ।

पत्रकार सम्मेलनमा कोभिड १९ विभिन्न रणनीति अपनाएर काम भइरहेको पनि जानकारी गराइएको छ ।

अन्तर्राष्ट्रिय उडान, लामो दूरीका यातायता र नाका बन्द गरेर संक्रमण फैलिन नदिन पनि आवश्यक रणनीति तय गरिएको सम्मेलनमा जानकारी गराइयो । imagekhabar.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार