सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको उद्योग वाणिज्य सङ्घले सबै घरमा पुग्ने गरी सरसफाईका लागि साबुन हस्तान्तरण गरेको छ । प्रत्येक घरमा वितरण गर्ने गरी सम्बन्धित वडा अध्यक्षमार्फत करिब तीन हजार साबुन हस्तान्तरण गरिएको शिक्षक लालप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो ।
कोरोना भाइरस सङ्क्रमणको जोखिम कम गर्न सरसफाईका लागि यस्तो कदम चालिएको बताइएको छ । साबुन हरेक घरमा महिला स्वास्थ्य स्वयम्सेविकाले वितरण गर्ने जनाइएको छ ।
करिब एक लाख पचास हजार रुपियाको साबुनमध्ये वडा नं. १ मा ६४५, वडा नं. २ मा ४३५, वडा नं. ३ मा ७९२, वडा नं. ४ मा ५०४ र वडा नं. ५ मा ४३२ र सामाजिक संघसंस्था गरी तीन हजार थान साबुन हस्तान्तरण गरेको हो ।