लकडाउनका कारण छाक टार्न नपाए मलाई सिधा सम्पर्क गर्नुस्:मेयर शेर्पा

सोलुखुम्बुको सोलुदधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले नेपाल सरकारले गरेको लकडाउनको समयावधि थप गरेसँगै नगर क्षेत्रभित्र चरम गरिबीको कारण छाक टार्न वा दैनिकी चलाउन कसैलाइ समस्या भएमा त्यस्ता व्यक्ति वा परिवारले सिधा सम्पर्क गर्न आग्रह गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्चाल फेसबुकमा ” नेपाल सरकारले लकडाउनको समयावधि थप गरेसङ्गै जिल्लामा खाधान्न सङ्कट उत्पन्न हुने हो कि भन्ने चिन्ता सबैमा देखिनु स्वाभाविकै हो। तर हाल जिल्लामा कम्तिमा तीन महिनालाई पुग्ने खाधान्न र ग्यास ब्यापारीहरुको गोदममा भण्डार भएको हुँदा आत्तिनु पर्ने अवस्था छैन। यदि यो लक डाउनको समयावधिमा नगर क्षेत्रभित्र चरम गरिबीको कारण छाक टार्न वा दैनिकी चलाउन कसैलाई समस्या भएमा उक्त ब्यक्ति वा परिवारले मलाइ सिधै सम्पर्क गर्न सक्नु हुनेछ। यहाँहरुको परिवारिक अवस्था हेरी आवश्यक खाद्यान्न सहयोग उपलब्ध हुनेछ। साथै यो सङ्कटको घडीमा नगरबासीहरुलाई नगरपालिका वा नगर प्रमुखकोतर्फबाट आबश्यक पर्ने कुनै पनि सहयोग कुनै पनि समयमा उपलब्ध गर्न हामी २४ सै घण्टा तयारी अवस्थामा छौँ । कृपया मेरो फोन नम्बर ९८४१३४४६९० मा सम्पर्क गर्नु होला। ” उल्लेख गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार