कांग्रेस सम्पर्क समिति अध्यक्ष बस्नेतद्वारा दर्जनौँ विपन्नलाई खाद्यान्न वितरण

सन्तोष राउत । नेपाली कांग्रेस सोलुखुम्बु–काठ्माण्डौ सम्पर्क समितिका अध्यक्ष गोकर्ण बस्नेतले नीजि खर्चमा दर्जनौँ विपन्न परिवारलाई खाद्यान्न वितरण गर्नुभएको छ ।
विश्वभरी फैलिरहेको कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउनका समयमा दैनिक ज्याला मजदुरी गरी परिवार पाल्दै आएका परिवारको खाद्यान्न अभावले दैनिक जीवन कष्टकर बन्दै गएपछि अध्यक्ष बस्नेतले खाद्यान्न वितरण गरेको बताउनुभयो । पछिल्लो समय लकडाउनको समय थप भएपछि दिनभरी काम गरेर परिवार पाल्नेको समस्यामा मानवीय सहयोग गरेको उहाँ बताउनुहुन्छ ।
सोलुखुम्बु, दोलखा, काभ्रे, रामेछाप र सिन्धुपाल्चोक जिल्लाका विभन्नि भागबाट काठ्माण्डौँ महानगरपालिका–३२ र कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रमा बस्दै आएका आर्थिक अवस्था कमजोर भएका मजदुर परिवारलाई सहयोग गरेको उहाँकोे भनाइ छ । उनीहरुलाई चामल, दाल, नुन, तेल प्रदान गरिएको हो ।
सहज परिस्थितीमा सबैले आफ्नो दुःख गरेर खाने भएपनि यस्तो असहज परिस्थितीमा काम गर्न नपाउँदा भोकै बस्नु नपरेस् भनेर सहयोग गरेको उहाँले बताउनुभयोे । पहिलो चरणमा करिब २५ परिवारलाई खाद्यान्न उपलब्ध गराएको भन्दै अध्यक्ष बस्नेतले अझै पनि सङ्कट परेका भएमा सहयोग गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार