नेपाल फ्रेट फरर्वाडरस् एसोसिएसनद्वारा सात लाख रुपियाँ सहयोग

सोलुखुम्बु। नेपाल फ्रेट फरर्वाडरस् एसोसिएसनले नेपाल सरकार कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सात लाख छ हजार १०१ रूपियाँ प्रदान गरेको छ।

एसोसिएसनका अध्यक्ष प्रकाशसिंह कार्की विश्वभर फैलिएको कोरोना भाइरस विरूद्धको अभियानमा एसोसिएसनका सदस्यहरूबाट प्राप्त आर्थिक सहयोग बिहीबार हस्तान्तरण गर्नुभएको हो। एसोसिएसनका द्वितीय उपाध्यक्ष राजेन्द्र संग्रौला, महासचिव सुन्दरप्रसाद दाहाल र कोषाध्यक्ष नरेशकुमार अग्रवालको उपस्थितिमा चेक हस्तान्तरण गरिएको दिनराज बास्तोलाले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार