दुर्गमको रेडियोले गर्यो पत्रकार/कर्मचारीको कोरोना बीमा

सोलुखुम्बु । अग्रभागमा काम गर्ने पत्रकारहरु कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेका बेला दुर्गम हिमाली जिल्ला सोलुखुम्बुमा हिमालस् सञ्चार लिमिटेडद्वारा सञ्चालित हिमाल एफएमले आफ्ना पत्रकार तथा कर्मचारीको कोरोना बीमा गरेको छ ।

स्थलगत रिपोर्टिङ र जनसम्पर्कमा खटिरहनु पर्दा एफएममा कार्यरत पत्रकार÷कर्मचारीमा सङ्क्रमणको जोखिम रहेको भन्दै बीमा गरिएको हो । एकबर्षे बीमा कार्यक्रममा कुनै पत्रकारलाई कोरोनाको पिसिआर परीक्षणमा पोजिटिभ देखिए बीमा बापत प्रतिव्यक्ति एक लाख रुपियाँ भुक्तानी दिइने एफएमका प्रबन्ध निर्देशक भानुभक्त निरौलाले बताउनुभयो ।

आइएमई जनरल ईन्स्योरेन्स कम्पनी मार्फत १६ जना पत्रकारको बीमा गरिएको भन्दै अग्रभागमा काम गर्दा कर्मचारी तथा पत्रकारको सुरक्षा र जोखिम बहनको उत्तरदायित्व संस्थाले बहन गरेको उहाँको भनाइ छ । २४ घण्टा प्रसारणमा रहेको एफएमले जनसम्पर्कको क्षेत्रमा काम गर्ने कर्मचारी र पत्रकाररुको मात्र बीमा गरेको हो । विमा बापतको सबै रकम एफएमले नै भुक्तनी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार